संसदीय छानबिन समितिको बैठक निष्कर्षविहीन, बैठक भोलि पुन: बस्ने

संसदीय छानबिन समितिको बैठक निष्कर्षविहीन, बैठक भोलि पुन: बस्ने : Icon Khabar

काठमाडौँ, जेठ १० । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक बिनानिष्कर्ष टु‌ंगिएको छ।

सिंहदरबारमा बिहीबार अपराह्न कानुन मन्त्री पदम गिरीसहित नेकपा (एमाले), रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरूबीच छलफल भएको थियो।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार बिहान ८:३० बजे पुन: बैठक बस्ने जानकारी दिए। उनकाअनुसार संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्ने वा नलेख्नेबारे सत्ता र प्रतिपक्षीबीच अझै सहमति जुटिसकेको छैन।

रास्वपाबाट कार्यदल सदस्य रहेका सांसद शिशिर खनालका अनुसार व्यक्ति तोकेरै समितिको कार्यादेश बनाउन न्यायोचित हुँदैन भन्ने सत्ता पक्षको भनाइ छ।

कांग्रेसबाट कार्यदल सदस्य रहेका सहमहामन्त्री जीवन परियारका अनुसार गृहमन्त्रीको नाम नराखी संसदीय छानबिन समिति गठनको प्रस्ताव सत्ता पक्षले मौखिक रूपमा राखेको थियो।

‘गृहमन्त्रीको नाम नै नराखी संसदीय छानबिन समिति बनाउन सकिन्छ भन्ने उहाँहरूको भनाइ रह्यो,’ उनले भने, ‘यस्तो तरिकाबाट हुन्न भनेर हामीले प्रष्ट भनेका छौं। उहाँहरूले राखेका प्रस्ताव स्वीकार्न सक्ने अवस्था रहेन।’

सहमहामन्त्री परियारले कांग्रेस अडानबाट पछि नहटेको बताए।

Published Date: 23 May 2024






ताजा
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता