आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ ११ । आज २०८१ जेठ ११ गते शुक्रबार, तद्अनुसार २४ मे २०२४ । आज जेठ कृष्ण प्रतिपदा, शिव बालव अनुराधा, सूर्योदय बिहानः ५ः१० बजे, सूर्यास्त साँझः १८ः५१ बजे ।

आजको राशिफल

मेष: पारिवारिक सुख–शान्ति कायम रहने छ । कुनै प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । भूमि अथवा भवन सम्बन्धि ठूलो सम्झौताले ठूलै लाभ दिने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

सिंह: रचनात्मक कार्य सफल रहने छन् । प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: नराम्रो सूचना पाउन सकिन्छ । मेहनत बढी गर्नु पर्नेछ । धैर्यता राख्नु होला, समय सुध्रने छ ।

तुला: सामाजिक कार्यमा मन लाग्ने छ । अरुलाई सहयोग गर्न सक्नु हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नयाँ ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ । समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

धनु: कुनै ठूलो समस्याको हल निस्कने छ । व्यावसायिक साझेदारले पूर्ण सहयोग गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

मकर: स्वास्थ्यलाई प्रा‍थमिकता दिनु होला । महत्वपूर्ण निर्णय लिने समय होइन । अनावश्यक जोखिम नलिनु होला ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । मनोरञ्जक यात्राको योजना बन्ने छ ।

मीन: मान–सम्मान पाइने छ । योजना पुरा हुनेछ । घर–परिवारसंग आराम तथा मनोरञ्जनका साथ समय व्यतीत हुनेछ ।

Published Date: 24 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय