किकम्पा मन्टेश्वरीमा बुद्ध जयन्तिको अवसरमा मुठ्ठिदान कार्यक्रम सम्पन्न

किकम्पा मन्टेश्वरीमा बुद्ध जयन्तिको अवसरमा मुठ्ठिदान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ १० । किकम्पा मन्टेश्वरी प्रि स्कूल सुर्यविनायक इतबुं, भक्तपुरमा मंगलबार बुद्धको जन्म, बोधिग्यान प्राप्त र महानिर्वाण भएको दिनको अवसरमा मुनि बिहार भक्तपुरका भिक्षु तथा श्रावणेरहरुका लागि मुठ्ठिदान कार्यक्रम – २०८१ सम्पन्न भएको छ।

२५६८ औं बुद्ध जयन्तिको पावन अवसरमा भएको उक्त कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष देवचन्द्र बज्रचार्यले साना साना बाल बालबालिकाहरुलाई दान गर्न सिकाए भविष्यमा दीनदुखिहरुलाई सहयोग गर्ने बानी, परिवारप्रती सकारात्मक सोच राख्ने , सानो सानो कुरामा झै झगडा गर्न नहुने शिक्षा प्राप्त हुने कुरा बताए।

स्कूलका प्रिन्सिपल राजेश लाखाले बालबालिकाहरुको बौद्विक विकासका लागि यस्ता विभिन्न कार्यक्रमको आवश्यकतालाई महशुस गर्दै विद्यालयमा भैरहेको गतिविधिको बारे जानकारी दिए।

मुनिविहारबाट आएका भिक्षुले सम्पूर्ण विद्यार्थिहरुलाई ध्यानमा बस्ने तरिका, पञ्चशिल शिक्षाको वर्णन गरेका थिए। उपस्थित भिक्षुहरुमा सम्पूर्ण विद्यार्थिहरु, शिक्षक शिक्षिका स्कूल वरपरका महानुभावहरुले आफुले घरबाट ल्याएको वस्तु, नगद तथा खाद्य सामग्रीहरु दान गरेका थिए।

सो कार्यक्रममा स्कूलका प्रवन्ध निर्देशक अच्यूत प्रजापतिले मुनिविहारबाट आएका भिक्षुहरु, मुठ्ठिदान कार्यक्रममा सहभागी महानुभावहरु दान गर्ने दाताहरुलाई आभार प्रकट गरे। कार्यक्रममा स्कूलका शिक्षक दिल सुवालले पनि आफ्नो मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2024
Website | + posts