फिल्म ‘पुजार सार्की’मा जमेका प्रदीप खड्का

फिल्म ‘पुजार सार्की’मा जमेका प्रदीप खड्का : Icon Khabar

काठमाडौं, जेठ १० । बुद्ध पूर्णिमाको अवसर पारेर दिनेश राउतको निर्देशनमा सुभाष भुसालको निर्माणमा तयार भएको फिल्म ‘पुजार सार्की’ बिहिबारबाट रिलिजमा आएको छ । यो फिल्मको बिहिबारको व्यापार सुखद छ । बिहानैबाट हलहरुमा दर्शकको चाप सुखद देखिएको छ ।

जातिय विभेदको मुद्दामा आधारित भएर निर्माण गरिएका ‘पुजार सार्की’ मा अभिनेता प्रदीप खड्काले दलित युवक (मैत बहादुर) को चरित्र निर्वाह गरेका छन् ।

चार वर्षअघि रुकुम पूर्वमा जसरी नवराज विकले माथिल्लो जातकी यूवतीसँग प्रेम गरेका थिए, करिव त्यसैगरि ‘पुजार सार्की’ मा मैत बहादुर अर्थात अर्थात प्रदीपले पनि माथिल्लो जातकी यूवती (परीक्षा लिम्बु) सँग प्रेम गरेको देख्न सकिन्छ ।

जब मैते लुकिछिपी आफ्नी प्रेमिकालाई भेट्न जान्छन्, तब गाउँलेले उनीमाथि आक्रमण गरेको फिल्मको एउटा दृष्यले नवराज विकले आफ्नी प्रेमिका सुष्मा भेट्न अथवा लिन जाने क्रममा विकसहित उनका छ जना साथीहरुको विभत्स हत्या भएको स्मरण गराएको छ ।

‘पुजार सार्की’ का केहि दृष्य तथा कथावस्तुले पनि प्रत्यक्ष अथवा प्रत्यक्ष रुपले नवराज विक घटनाको सम्झना गराएको प्रदर्शनको पहिलो दिन फिल्म हेरेका दर्शकको अनुभव रहेको छ ।

त्यसो त आजैका दिन चार वर्ष अगाडि नवराज विकको हत्या भएको थियो र आजकै दिन फिल्म ‘पुजार सार्की’ को सार्वजनिक प्रदर्शनसमेत प्रारम्भ भएको छ । यो संयोगले पनि फिल्म तथा उक्त घटनामा केहि न केहि सम्बन्ध छ कि भन्ने अनुमान लगाउन सकिन्छ ।

रोचक कुरा के छ भने ‘पुजार सार्की’ ले नेपालभर उल्लेख्य शोहरू प्राप्त गरेको छ । यो फिल्मले आजदेखि नेपालभर २८० भन्दा धेरै शोहरू प्राप्त गरेको वितरक रोहित कट्टेलले बताएका छन् ।

काठमाडौं उपत्यका र उपत्यका बाहिरका सबै मल्टिप्लेक्सहरूले अपेक्षा अनुसारको शो उपलब्ध गराएको कट्टेलले बताएका छन् । आज बिहानका शोमा पुजार सार्कीको बुकिङ आक्रामक रहेको थियो भने अहिले दिउँसोका शोमा पनि बुकिङको रफ्तार बढेको थियो ।

आजदेखि नै यो फिल्म विश्वका ४० देशका २५० बढी सहरहरूमा समेत प्रदर्शनमा आएको छ ।

केही दिनअघि काठमाडौंका विभिन्न स्थानका एक सय बढी दर्शकमाझ गरिएको सर्भेक्षणबाट छनोट गरेर सार्वजनिक प्रदर्शनमा आउनुअघि नै दर्शकलाई यो फिल्म देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2024
Website | + posts