भारतीय उद्यमी नेस र अभिनेत्री प्रीति जिन्टा छुटिनुमा कारण के थियो ? (फर्केर हेर्दा)

भारतीय उद्यमी नेस र अभिनेत्री प्रीति जिन्टा छुटिनुमा कारण के थियो ? (फर्केर हेर्दा) : Icon Khabar

मुम्बई, जेठ ९ । बलिउड अभिनेत्री प्रीति जिन्टा अहिले आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । उनी आफ्ना श्रीमान् तथा दुई सन्तानका साथ खुशीका साथ जिन्दगी बिताइरहेकी छिन् ।

तर विवाहअघि प्रीति जिन्टाको विभिन्न व्यक्तिसंग अफेयर थियो भन्ने चर्चा चलिरहन्छ । तीमध्ये बलिउड अभिनेता अभिषेक बच्चनदेखि नेस वाडियासम्म उनको नाम जोडिएको थियो । अभिषेकसंगको उनको अफेयरको चर्चा धेरै चलेको थियो ।

कुनै बेला भारतीय उद्यमी नेस वाडिया र प्रीति जिन्टा प्रायः संगै देखिन्थे । प्रीति जिन्टाले वाडियासंगको सम्बन्ध स्विकार पनि गरेकी थिइन् । यद्यपि, दुबैको विवाह हुन लागेको थियो, तर अन्त्यमा विवाह हुन सकेन ।

दुबैको सम्बन्धमा आएको फाटोका कारण उनीहरुको सम्बन्ध नै बिग्रियो । आइपीएल प्रतिस्पर्धाको क्रममा प्रीति र नेसको कुनै कुरामा वहस भयो र दुवै स्टेडियममा नै एक–अर्कासंग झगडा गर्दै गरेको देखिएको थियो । उनीहरुबीचको झगडा त्यहाँ उपस्थित सबैले थाहा पाएका थिए ।

उक्त झगडापछि नेसले आफूलाई गालिगलौच गरेको, अपशब्द बोलेको र धम्काएको भन्दै प्रीति प्रहरीकहाँ पुगेकी थिइन् ।
त्यतिमात्र नभइ प्रीतिले नेसले आफ्नो अनुहारमा बलिरहेको चुरोट फ्याँकिदिएको र आफूलाई कोठामा बन्द गरिदिएको समेत आरोप लगाएकी थिइन् ।

यद्यपि, दुवै अलग हुनुको कारण नेसकी आमालाई मानिन्छ ।

Published Date: 22 May 2024






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता