भारतीय उद्यमी नेस र अभिनेत्री प्रीति जिन्टा छुटिनुमा कारण के थियो ? (फर्केर हेर्दा)

भारतीय उद्यमी नेस र अभिनेत्री प्रीति जिन्टा छुटिनुमा कारण के थियो ? (फर्केर हेर्दा) : Icon Khabar

मुम्बई, जेठ ९ । बलिउड अभिनेत्री प्रीति जिन्टा अहिले आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । उनी आफ्ना श्रीमान् तथा दुई सन्तानका साथ खुशीका साथ जिन्दगी बिताइरहेकी छिन् ।

तर विवाहअघि प्रीति जिन्टाको विभिन्न व्यक्तिसंग अफेयर थियो भन्ने चर्चा चलिरहन्छ । तीमध्ये बलिउड अभिनेता अभिषेक बच्चनदेखि नेस वाडियासम्म उनको नाम जोडिएको थियो । अभिषेकसंगको उनको अफेयरको चर्चा धेरै चलेको थियो ।

कुनै बेला भारतीय उद्यमी नेस वाडिया र प्रीति जिन्टा प्रायः संगै देखिन्थे । प्रीति जिन्टाले वाडियासंगको सम्बन्ध स्विकार पनि गरेकी थिइन् । यद्यपि, दुबैको विवाह हुन लागेको थियो, तर अन्त्यमा विवाह हुन सकेन ।

दुबैको सम्बन्धमा आएको फाटोका कारण उनीहरुको सम्बन्ध नै बिग्रियो । आइपीएल प्रतिस्पर्धाको क्रममा प्रीति र नेसको कुनै कुरामा वहस भयो र दुवै स्टेडियममा नै एक–अर्कासंग झगडा गर्दै गरेको देखिएको थियो । उनीहरुबीचको झगडा त्यहाँ उपस्थित सबैले थाहा पाएका थिए ।

उक्त झगडापछि नेसले आफूलाई गालिगलौच गरेको, अपशब्द बोलेको र धम्काएको भन्दै प्रीति प्रहरीकहाँ पुगेकी थिइन् ।
त्यतिमात्र नभइ प्रीतिले नेसले आफ्नो अनुहारमा बलिरहेको चुरोट फ्याँकिदिएको र आफूलाई कोठामा बन्द गरिदिएको समेत आरोप लगाएकी थिइन् ।

यद्यपि, दुवै अलग हुनुको कारण नेसकी आमालाई मानिन्छ ।

Published Date: 22 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड