नेपाली कांग्रेसले काठमाडौँमा सडक आन्दोलन गर्ने

नेपाली कांग्रेसले काठमाडौँमा सडक आन्दोलन गर्ने : Icon Khabar

काठमाडौँ, जेठ ९ । सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने भएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डीला संग्रौलाले जानकारी दिइन्।

सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने मुख्य माग राख्दै पहिलो चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्रौलाले बताइन्।

Published Date: 22 May 2024






ताजा
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता