सल्लाघारीस्थित अक्स्फोर्ड स्कूलमा विद्यालय नेताको निर्वाचन सम्पन्न

सल्लाघारीस्थित अक्स्फोर्ड स्कूलमा विद्यालय नेताको निर्वाचन सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ८ । सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा शैक्षिक सत्र २०८१ सालको निम्ति विद्यालय नेताहरुको चयन भयो। लोकतान्त्रिक संस्कारको मान्यतालाई विद्यालयस्तरमा स्थापित गर्दै विद्यार्थीहरुलाई विगतका वर्षहरुमा झैँ यसपाली पनि निर्वाचनको माध्यमबाट नेताहरुको छनौट गर्ने अवसर दिइएको थियो।

विभिन्न प्रभावकारी र सक्रिय क्रियाकलापको सञ्चालनार्थ छात्र प्रमुख, छात्रा प्रमुख, सदन व्यवस्थापक, सदन प्रमुख र सदन उपप्रमुख गरी पाँच पदहरूको निम्ति जम्मा ५७ उम्मेदवारको उम्मेदवारी सहित उक्त चुनाव आयोजना गरिएको निर्वाचन समितिका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल रवि दुवालले बताए।

विद्यार्थीहरूको उच्च उत्साहका बीच सञ्चालित सो चुनावले विद्यार्थीहरुलाई निर्वाचनको वास्तविक झल्को दिएको निर्वाचन अधिकृत तथा विद्यालयका अतिरिक्त क्रियाकलापका इन्चार्ज मनिता नेपालले जानकारी दिए ।

जेठ १ गते उम्मेदवारको मनोनयनबाट सुरु भएको निर्वाचनको क्रियाकलाप २ र ३ गते चुनावी प्रचार – प्रसार गर्न विद्यार्थीहरुलाई छुट दिएको थियो। ४ गते शुक्रबार मौन अवधिको मर्यादालाई पालना गर्दै शुक्रबार नै निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न गरेर ६ गते चुनाव गरिएको निर्वाचन सुपरिवेक्षक तथा विद्यालय इन्चार्ज शिव भुजुले थप प्रकाश पारे।

“किताबमा पढेको र टिभीमा देखेको मात्र थिएँ चुनावका प्रक्रियाहरु तर हाम्रो अक्स्फोर्ड स्कूलले दुरुस्तै वास्तविक चुनावको माहोल तयार पारेको छ,” निर्वाचनको स्वयंसेवक तथा कक्षा दशका विद्यार्थी राकेश श्रेष्ठले उत्साहपूर्ण सन्तुष्टि पोखे।

विद्यार्थी मतदाताहरुमा व्यावहारिक रूपमै चुनावी ज्ञान सम्प्रेषण गर्नु , मताधिकारको सही र अनिवार्य सदुपयोग गर्नु, मतदानको आवश्यकता अनि यसको शक्तिको प्रत्याभूति गराउनु यस निर्वाचनको मुख्य ध्येय रहेको निर्वाचन सञ्चालन समिति स्रोतले जानकारी दिएको थियो।

कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थी मतदाताहरुको सहभागिता रहेको उक्त चुनावको मतगणना सोही दिन सम्पन्न भएको जानकारी पनि प्राप्त भएको छ। जसअनुसार विद्यालय छात्र प्रमुखमा कक्षा नौ का नीमेश थापामगर मनोनित हुनु भएको छ भने विद्यालय छात्रा प्रमुखमा कक्षा नौ की प्राश्ना मगर चुनिएका छन्।

रातो सदनका लागि व्यवस्थापकतर्फ कक्षा १० का छात्र क्षितिज श्रेष्ठ, सदन प्रमुखमा कक्षा ७ की छात्रा डालिशा महत तथा सदन उपप्रमुखमा कक्षा ७ को छात्र आरुश हुमागाईं छानिएका छन्।

निलो सदनका निम्ति व्यवस्थापकमा कक्षा१० का छात्र प्रवेश बराल, सदन प्रमुखमा कक्षा ७ की छात्रा कृष्टिका चौगुठी, सदन उपप्रमुखमा कक्षा ८ को छात्र रोजन भण्डारीले अत्याधिक मत हासिल गरेका छन्।

हरियो सदनका लागि व्यवस्थापकमा कक्षा१० को छात्र प्रिन्स शिल्पकार, सदन प्रमुख कक्षा ७ की छात्रा रुत्भी शिलाकार र सदन उपप्रमुखमा कक्षा ७ को छात्र सम्राट शेर्पा विजयी भएका छन्।

त्यस्तै, पहेंलो सदनको लागि व्यवस्थापकमा कक्षा१० को छात्र प्रोमित सुवाल, सदन प्रमुखमा कक्षा ७ की छात्रा अमिका महतो र सदन उपप्रमुखमा कक्षा ८ को छात्र रोनिश कैती बिजयी भएका छन्।

विजयी नेताहरुलाई आउँदो बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजना हुने ‘ बुद्धजयन्ती विशेष’ कार्यक्रममा बधाई एबं सम्मान गरिने छ। साथै हरेक सदनको लोगो अंकित सदनको झण्डा पनि त्यसै कार्यक्रममा हस्तान्तरण गरिनेछ।

यस वर्षदेखि प्रत्येक सदनको आधिकारिक छाप सञ्चालनमा आउने भएको छ। त्यसका लागि विद्यार्थीहरूबाटै लाेगोको डिजाइन संकलन गरी उत्कृष्ठ सदन छापको छनौट भइसकेको अक्स्फोर्ड प्राक्टिकल स्कूलले आकां खबरलाई जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2024
Website | + posts