डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा : Icon Khabar

काठमाडौं, जेठ ८ । अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे ।

डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको रोमा युरोपा लिगको सेमीफाइनलबाट बाहिरिएको थियो । तर उनी लियोनेल स्कालोनीको कोपा अमेरिका टोलीमा परेनन् । एक समय लियोनेल मेस्सीको उत्तराधिकारीका रूपमा हेरिएका ३०-वर्षीय डिबालाले अर्जेन्टिनाका लागि ३८ खेल मात्र खेल्दै ३ गोल गरेका छन् ।

कोपा अमेरिकाका लागि अन्तिम टोलीमा २६ खेलाडीहरू समावेश हुनेछन् । प्रतियोगिताको तयारीका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीले इक्वेडर र ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

संयुक्त राज्य अमेरिकामा जुन २० देखि जुलाई १४ सम्म हुने २०२४ कोपा अमेरिकाको समूह चरणमा अर्जेन्टिनाले क्यानडा, चिली र पेरुविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

गोलकिपर: एमिलियानो मार्टिनेज (एस्टन भिल्ला), जेरोनिमो रुल्ली (आजाक्स), फ्रान्को अरमानी (रिभर प्लेट)

डिफेन्डर: गोन्जालो मोन्टिएल (नोटिङ्घम फरेस्ट), नाहुएल मोलिना (एटलेटिको म्याड्रिड), लियोनार्डो बालेर्डी (मार्सेली), क्रिस्टियन रोमेरो (टोटेनहम), जर्मन पेजेला (बेटिस), लुकास मार्टिनेज क्वार्टा (फियोरेन्टिना), निकोलस ओटामेन्डी (बेन्फिका), मार्कोस अकुना (सेभिल्ला), निकोलस ट्याग्लियाफिको (लियोन), भ्यालेन्टिन बारको (ब्राइटन)

मिडफिल्डर: गुइडो रोड्रिग्वेज (बेटिस), लिआन्ड्रो परेडेस (रोमा), एक्क्विएल पालासियोस (बायर लेभरकुसेन), एन्जो फर्नान्डेज (चेल्सी), जिओभानी लो सेल्सो (टोटेनहम), एन्जल डी मारिया (बेन्फिका), भ्यालेन्टीन कार्बोनी (मोन्जा)

फरवार्ड: लियोनल मेस्सी (इन्टर मियामी), जुलियन अल्भारेज (म्यानचेस्टर सिटी), अलेजान्ड्रो गार्नाचो (म्यानचेस्टर युनाइटेड), निकोलस गोन्जालेज (फियोरेन्टिना), एन्जल कोरिया (एटलेटिको म्याड्रिड), लाउटारो मार्टिनेज (इन्टर) –एजेन्सी

Published Date: 21 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड