पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोर्ने व्यक्तिहरु पक्राउ

पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोर्ने व्यक्तिहरु पक्राउ : Icon Khabar

काठमाडौं, जेठ ८ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित ८ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

Published Date: 21 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास