१० महिनामा ६ लाखभन्दा बढी नेपाली गए रोजगारीका लागि विदेश

१० महिनामा ६ लाखभन्दा बढी नेपाली गए रोजगारीका लागि विदेश : Icon Khabar
फाइल फोटो

काठमाडौं, जेठ ७ । चालु आर्थिक वर्षको १० महिनामा ६ लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।

चालु आव २०८०/८१ को वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।

आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।

गत आवको १० महिनामा चाहिँ वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जना बाहिरिएको विभागको तथ्याङ्क छ ।

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड