चालु आवको दशौं महिना सम्ममा नेपालको आयात र निर्यात दुवै घट्यो

चालु आवको दशौं महिना सम्ममा नेपालको आयात र निर्यात दुवै घट्यो : Icon Khabar

काठमाडौँ, जेठ ७ । चालु आवको दशौं महिनामा पनि नेपालको आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले केही वस्तु आयातमा रोक लगाएर खुला गरेको महिनौ बितिसक्दा पनि आयात व्यापारमा गिरावट जारी नै छ भने निर्यात समेत खासै बढ्न सकेको छैन ।

नेपालले चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा मात्रै १३ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ जुन अघिल्लो वर्ष सोही अवधिको भन्दा २ दशमलब ३९ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

भन्सार विभागको तथ्यांकलाई नियाल्दा पछिल्लो १० महिनामा नेपालले १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी निर्यात गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.६१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । पाम तेलको कारण निर्यात व्यापारमा वृद्धि देखिए पनि सो वस्तु निर्यात खस्केपछि भने नेपालको निर्यात व्यापारमा हरेक महिना घट्दै गएको देखिएको हो ।

उच्च आयात र न्यून निर्यातले गर्दा नेपालले पछिल्लो १० महिनामा मात्रै ११ खर्ब ७७ अर्ब ७८ करोड रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोरेको छ । यो व्यापारघाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कम हो ।

विभागको तथ्यांक अनुसार १० महिनामा नेपालको आयात निर्यात अनुपात १०.३३ गुणा रहेको छ भने कुल व्यापारमा निर्यात व्यापारको अंश ८ दशमलब ८३ प्रतिशत र आयात व्यापारको अंश ९१ दशलब १७ प्रतिशत रहेको छ ।

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड