चालु आवको दशौं महिना सम्ममा नेपालको आयात र निर्यात दुवै घट्यो

चालु आवको दशौं महिना सम्ममा नेपालको आयात र निर्यात दुवै घट्यो : Icon Khabar

काठमाडौँ, जेठ ७ । चालु आवको दशौं महिनामा पनि नेपालको आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले केही वस्तु आयातमा रोक लगाएर खुला गरेको महिनौ बितिसक्दा पनि आयात व्यापारमा गिरावट जारी नै छ भने निर्यात समेत खासै बढ्न सकेको छैन ।

नेपालले चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा मात्रै १३ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ जुन अघिल्लो वर्ष सोही अवधिको भन्दा २ दशमलब ३९ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

भन्सार विभागको तथ्यांकलाई नियाल्दा पछिल्लो १० महिनामा नेपालले १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी निर्यात गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.६१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । पाम तेलको कारण निर्यात व्यापारमा वृद्धि देखिए पनि सो वस्तु निर्यात खस्केपछि भने नेपालको निर्यात व्यापारमा हरेक महिना घट्दै गएको देखिएको हो ।

उच्च आयात र न्यून निर्यातले गर्दा नेपालले पछिल्लो १० महिनामा मात्रै ११ खर्ब ७७ अर्ब ७८ करोड रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोरेको छ । यो व्यापारघाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कम हो ।

विभागको तथ्यांक अनुसार १० महिनामा नेपालको आयात निर्यात अनुपात १०.३३ गुणा रहेको छ भने कुल व्यापारमा निर्यात व्यापारको अंश ८ दशमलब ८३ प्रतिशत र आयात व्यापारको अंश ९१ दशलब १७ प्रतिशत रहेको छ ।

Published Date: 20 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास