भक्तपुर चेम्बर अफ कमर्समा कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर चेम्बर अफ कमर्समा कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौँ, जेठ ७ । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा कर सम्बन्धि समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत श्री दिलिप कुमार गौतम र उद्यमी व्यवसायीहरुबीच कर सम्बन्धीका समसामयिक विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

भक्तपुर चेम्बरको सचिवालय सल्लाघारीमा भएको उक्त कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष कविदास श्रेष्ठले कर शिक्षा कार्यक्रमबाट व्यवसायीले लाभ लिएको बताए।

उनले अन्जानमा भएका त्रुतीहरुलाई सहजढंगबाट संशोधन गर्न सकिने व्यवस्था हुनु पर्ने, व्यवसायीलाई राजस्वमा राहत सुविधा उपलब्ध हुनु पर्ने, उधारो हिसाव व्यवस्थापनमा स्पष्ट नीति तय हुनु पर्ने जस्ता विषयमा आफ्ना धारणाहरु राखेका थिए ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं संस्थाका सल्लाहकार रोशन भोयद्योले राजस्व नीतिमा हुनु पर्ने संशोधनका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सले गर्दै आएका प्रयासहरुका बारेमा जानकारी दिए।

कार्यक्रमकै अवसरमा गत चैत्र १ गतेदेखि सुरू भई ३ हप्तासम्म सञ्चालन भएको लेखा, कर तथा इ फाइलिंग सम्बन्धी तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।

Published Date: 20 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय