भक्तपुर चेम्बर अफ कमर्समा कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर चेम्बर अफ कमर्समा कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौँ, जेठ ७ । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा कर सम्बन्धि समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत श्री दिलिप कुमार गौतम र उद्यमी व्यवसायीहरुबीच कर सम्बन्धीका समसामयिक विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

भक्तपुर चेम्बरको सचिवालय सल्लाघारीमा भएको उक्त कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष कविदास श्रेष्ठले कर शिक्षा कार्यक्रमबाट व्यवसायीले लाभ लिएको बताए।

उनले अन्जानमा भएका त्रुतीहरुलाई सहजढंगबाट संशोधन गर्न सकिने व्यवस्था हुनु पर्ने, व्यवसायीलाई राजस्वमा राहत सुविधा उपलब्ध हुनु पर्ने, उधारो हिसाव व्यवस्थापनमा स्पष्ट नीति तय हुनु पर्ने जस्ता विषयमा आफ्ना धारणाहरु राखेका थिए ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं संस्थाका सल्लाहकार रोशन भोयद्योले राजस्व नीतिमा हुनु पर्ने संशोधनका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सले गर्दै आएका प्रयासहरुका बारेमा जानकारी दिए।

कार्यक्रमकै अवसरमा गत चैत्र १ गतेदेखि सुरू भई ३ हप्तासम्म सञ्चालन भएको लेखा, कर तथा इ फाइलिंग सम्बन्धी तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड