सुनको भाउ प्रतितोला रू १ लाख ४१ हजार ८०० पुग्यो

सुनको भाउ प्रतितोला रू १ लाख ४१ हजार ८०० पुग्यो : Icon Khabar

काठमाडौं, जेठ ७ । सुन–चाँदीको भाउले आज (जेठ ७ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार (जेठ ६ गते ) सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४० हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १९ सय ३० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार (जेठ ६ गते ) चाँदीको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन चाँदी प्रतितोला १९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड