सुनको भाउ प्रतितोला रू १ लाख ४१ हजार ८०० पुग्यो

सुनको भाउ प्रतितोला रू १ लाख ४१ हजार ८०० पुग्यो : Icon Khabar

काठमाडौं, जेठ ७ । सुन–चाँदीको भाउले आज (जेठ ७ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार (जेठ ६ गते ) सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४० हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १९ सय ३० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार (जेठ ६ गते ) चाँदीको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन चाँदी प्रतितोला १९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 20 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास