हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु : Icon Khabar

काठमाडौँ, जेठ ७ । हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ ।

आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त भए पनि सोमबार भग्नावशेष भेटिएपछि उहाँको मृत्यु भएको पुष्टि भएको हो । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार हेलिकोप्टरमा इरानी राष्ट्रपति रायसीका अङ्गरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू सवार थिए ।

दुर्घटनामा राष्ट्रपति सवार बेल–२१२ हेलिकोप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ । – बिबिसि

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड