प्रतिनिधिसभाको बैठक अवरुद्ध, बैठक स्थगित

प्रतिनिधिसभाको बैठक अवरुद्ध, बैठक स्थगित : Icon Khabar

काठमाडौँ, जेठ ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको भए पनि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरे । तर कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारे ।

कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिएको छ । आजको बैठकमा सभामुखले सरकारी कार्यसूचीमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरुले बेल घेराउ गर्न पुगेका हुन् ।

 

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड