वैशाखमा मात्रै देशैभरि विपद्का १ हजार ६२२ घटना

वैशाखमा मात्रै देशैभरि विपद्का १ हजार ६२२ घटना : Icon Khabar

काठमाडौँ, जेठ ६ । वैशाख १ देखि जेठ ३ गतेसम्म विपद्का १ हजार ६२२ घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी ४२ जनाको मृत्यु भएको छ। १६७ जना घाइते भएका छन्। २ हजार ९ परिवार प्रभावित बनेको ६० करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यसबीचमा आगलागीबाट २३ जनाको मृत्यु भएको छ। १ हजार ४१५ जना घाइते भएका छन्।

वन डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने ४०७ जना घाइते भएका छन्। चट्याङबाट ९ जनाको मृत्यु भएको छ।
यसबीचमा अविरल वर्षात्का कारण बाढी पनि आएको थियो। जसमा एक जनाको मृत्यु भएको छ।

जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने लेक लागेर २ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ।

Published Date: 19 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड