वैशाखमा मात्रै देशैभरि विपद्का १ हजार ६२२ घटना

वैशाखमा मात्रै देशैभरि विपद्का १ हजार ६२२ घटना : Icon Khabar

काठमाडौँ, जेठ ६ । वैशाख १ देखि जेठ ३ गतेसम्म विपद्का १ हजार ६२२ घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी ४२ जनाको मृत्यु भएको छ। १६७ जना घाइते भएका छन्। २ हजार ९ परिवार प्रभावित बनेको ६० करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यसबीचमा आगलागीबाट २३ जनाको मृत्यु भएको छ। १ हजार ४१५ जना घाइते भएका छन्।

वन डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने ४०७ जना घाइते भएका छन्। चट्याङबाट ९ जनाको मृत्यु भएको छ।
यसबीचमा अविरल वर्षात्का कारण बाढी पनि आएको थियो। जसमा एक जनाको मृत्यु भएको छ।

जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने लेक लागेर २ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ।

Published Date: 19 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास