आरसीबी आईपीएलको प्लेअफमा,रोमाञ्चक खेलमा चेन्नई पराजित

आरसीबी आईपीएलको प्लेअफमा,रोमाञ्चक खेलमा चेन्नई पराजित : Icon Khabar

काठमाडौँ, जेठ ६ । इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को १७ औं सीजनको ६८ औं खेलमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) ले चेन्नई सुपर किङ्स (सिएसके) लाई २७ रनले पराजित गरेको छ ।

यो जीतसंगै आरसीबीले प्लेअफमा प्रवेश पाएको छ । शनिवार राति बेंग्लुरुको चिन्नास्वामी स्टेडियममा खेलिएको यो रोमाञ्चक खेलमा चेन्नईले जीतका लागि २१९ रन बनाउनु पर्ने थियो, तर यो टीमले ७ विकेट गुमाएर १९१ रनमात्र बनाउन सक्यो ।

सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइडर्स तथा राजस्थान रोयल्सले यसअघि नै प्लेअफमा आफ्ना स्थान सुरक्षित गरिसकेका छन् ।

आरसीबीले २१९ रनको विजयी लक्ष्य दिए पनि प्लेअफमा पुग्नका लागि चेन्नईले २०१ रनमात्र बनाउन पर्ने थियो । तर अन्तिम ओभरमा यश दयालले उत्कृष्ट बलिङ गर्दै आरसीबीको प्लेअफको प्रवेश सुनिश्चित गराए । यश दयालले उक्त ओभरमा एमएस धोनीलाई आउट गर्दै चेन्नईलाई प्लेअफमा पुग्नका लागि आवश्यक १७ रन बनाउन दिएनन् ।

चेन्न्ईका लागि रचिन रवीन्द्रले सबैभन्दा बढी ३७ बलमा ६१ रन बनाए । रवीन्द्रले त्यसक्रममा पाँच चौका तथा तीन छक्का प्रहार गरे । रवीन्द्र जडेजाले २२ बलमा अविजित ४२ रन बनाए, जसमा तीन चौका तथा तीन छक्का समावेश छन् । एमएस धोनीले १३ बलमा २५ रन बनाए । उनले तीन चौका तथा एक छक्का प्रहार गरे । यश दयालले आरसीसीका लागि सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै रोयल च्यालेञ्जर्स बैंगलुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । कप्तान फाफ डु प्लेसिसले ३९ बलमा ५४ रन बनाए । पूर्व कप्तान विराट कोहलीले २९ बलमा ४७ रनको योगदान दिए । कोहलीले त्यसक्रममा तीन चौका तथा चार छक्का प्रहार गरे । कोहली–डु प्लेसिसका बीच पहिलो विकेटका लागि ७८ रनको साझेदारी भयो, जुन ठूलो स्कोरको आधार बन्यो ।

कोहली–डु प्लेसिसपछि क्याम्रुन ग्रीन तथा रजत पाटीदारले उत्कृष्ट प्रदर्शन गरे । ग्रीनले अविजित ३८ रन बनाए, जसका लागि उनले १८ बलको सामना गर्दै तीन छक्का तथा तीन चौका प्रहार गरे । पाटीदारले चार छक्का तथा दुई चौकाको सहयोगले २३ बलमा ४१ रनको योगदान दिए । दिनेश कात्र्तिकले १४ रन तथा ग्लेन म्याक्सेवेलले पनि १६ रनको योगदान दिँदै चेन्नईलाई विशाल लक्ष्य दिन सहयोग गरे । चेन्नईका लागि शार्दुल ठाकुरले दुई विकेट लिए ।

यो खेलमा पनि वर्षाले वाधा पुर्याएको थियो । वर्षाका कारण केही समय खेल रोकिए पनि खेल सुचारु हँुदा ओभर घटाउनु परेन । यदि वर्षाले खेल रद्द भएको अवस्थामा पनि चेन्नई १५ अंकसहित प्लेअफमा पुग्ने थियो । अर्कोतिर आरसीबीको टीम प्लेअफमा पुग्नका लागि कम्तिमा १८ रनको अन्तरले खेल जित्नु आवश्यक थियो, जुन उसले पुरा गरेर देखायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 May 2024
Website | + posts
ताजा
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य
नपली सिर्जनानगरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू