आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ५ । आज २०८१ जेठ ५ गते शनिबार, तद्अनुसार १८ मे २०२४ । आज वैशाख शुक्ल दशमी, हर्षण गर उत्तर, आज शनिवार सूर्य तथा शनिको चतुर्थ दशम योग बनिरहेको छ । शनि र सूर्य एक-अर्काको चौथो तथा दशौं भावमा रहनेवाला छन् । आज मेष, वृष, मिथुन, कुम्भ तथा मीन राशिका व्यक्तिहरुका लागि दिन उत्तम फलदायी रहने छ । शनिको शुभ दृष्टि रहने भएकाले यी राशि भएका व्यक्तिहरुले आर्थिक लाभ समेत पाउने छन् । सूर्योदय बिहानः ०५ः१३ बजे, सूर्यास्त साँझ १८ः४७ बजे ।

आजको राशिफल

मेष: टाढाको यात्राको योजना बन्न सक्छ । वरिष्ठ व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता आर्जन गर्नेछन् । पठन–पाठनमा मन लाग्ने छ ।

वृष: प्रतिद्वन्दिता बढ्ने छ । पारिवारिक चिन्तामा वृद्धि हुनेछ । आवश्यक वस्तु समयमा फेला पर्ने छैन । जोखिमपूर्ण कार्य नगर्नु होला ।

मिथुन: प्रयास सफल रहनेछन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको स्रोतमा वृद्धि हुनसक्छ । प्रसन्नता रहने छ ।

कर्कट: शुभ समाचार पाइने छ । आत्मविश्वासमा वृद्धि हुनेछ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । परिवारसंग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ ।

सिंह: आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

कन्या: घर–बाहिर सहयोग पाइने छ । अपेक्षाकृत कार्यहरु समयमा सम्पन्न हुनेछन् । आम्दानीमा वृद्धि हुनसक्छ । स्वास्थ्य कमजोर रहने छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । वरिष्ठ व्यक्तित्वले सहयोग गर्नेछन् ।

वृश्चिक: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । समयको लाभ लिनु होला । व्यावसायिक यात्रा सफल रहने छ । नयाँ आर्थिक नीति बन्ने छ ।

धनु: पूजा–पाठमा मन लाग्ने छ । तीर्थ यात्राको योजना बन्ने छ । लाभको अवसर हात पर्नेछ । सुखका साधनहरुमा खर्च हुनेछ ।

मकर: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला । स्वास्थ्य कमजोर रहने छ । अपेक्षित कार्यमा अप्रत्याशित वाधा आउन सक्छ ।

कुम्भ: व्यवसाय सामान्य चल्ने छ । धन प्राप्ति सुगम हुनेछ । ऐश्वर्यका साधननमा ठूलो खर्च हुनेछ । जीवनसाथीको सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मीन: भूमि, भवन, दुकान अथवा कारखाना आदि किन्ने योजना बन्ने छ । रोजगारमा वृद्धि हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । स्वास्थ्य कमजोर रहने छ ।

Published Date: 18 May 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा