सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा : Icon Khabar

काठमाडौँ, जेठ ३ । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । गए राति सम्पन्न गुजरात टाइटन्सविरुद्धको खेल बर्षाका कारण रद्द भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

योसँगै सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स प्लेअफमा पुगिसकेका छन् । अब प्लेअफको एक स्थानका लागि चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने देखिएको छ । दुवैबीच शनिबार खेल हुँदैछ ।

त्यस्तै गुजरात टाइटन्सले भने पछिल्ला दुई खेल बर्षाले रद्द भएसँगै १४ खेलमा १२ अंक बटुलेर यो सिजन सकाएको छ । गुजरात यसअघिको सिजनमा उपविजेता र २०२२ मा विजेता बनेको थियो ।

Published Date: 17 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास