चार प्रदेशमा हावाहुरीसहित वर्षा, तराईमा तीन दिन तातो हावा चल्ने

चार प्रदेशमा हावाहुरीसहित वर्षा, तराईमा तीन दिन तातो हावा चल्ने : Icon Khabar

काठमाडौँ, जेठ  ४ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज (शुक्रबार) दिउँसो कोशी र मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ । हिजो भैरहवामा अधिकतम ४१.४, नेपालगञ्जमा ४०.५, धनगढीमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

‘विशेष गरी सुदूरपश्चिम र लुम्बिनीका तराईका भू–भागमा गर्मी धेरै बढ्नेछ । यी स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि नै तापक्रम रहनेछ’, मौसमविद् शान्ति कँडेल भन्छिन्, ‘अन्य प्रदेशका तराईका क्षेत्रमा पनि ४० डिग्री सेल्सियसकै हाराहारीमा तापक्रम रहन्छ ।’ आउँदो तीन दिन तराईका भू–भागमा तातो हावा चल्ने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Published Date: 17 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास