“भिटामिन डी” को अनावश्यक रुपमा सप्लिमेन्ट खानु हानिकारक

“भिटामिन डी” को अनावश्यक रुपमा सप्लिमेन्ट खानु हानिकारक : Icon Khabar

काठमाडौँ, जेठ ३ । सामान्यतया कुनै पनि भिटामिन सप्लिमेन्ट यत्तिकै खाने सल्लाह दिइँदैन । खानपानबाट नै त्यसको आवश्यकता पूरा गर्ने सल्लाह दिइन्छ । तर कुनै पनि भिटामिन एकदमै कमी छ, कुनै रोगको कारण खानपानबाट भिटामिन पाउन गाह्रो हुन्छ भने मात्र भिटामिनको सप्लिमेन्ट खानुपर्छ । भिटामिन डी पनि प्राकृतिक रुपमा प्राप्त भएन एकदमै कमी भयो भने मात्र खानुपर्छ ।

अन्य भिटामिन शरीरमा बढी भयो भने पिसाब मार्फत बाहिर निस्कन्छ । तर भिटामिन डीको कमी छैन र सप्लिमेन्ट खाएर शरीरमा भिटामिन डी बढी भयो भने विषाक्त भएर शरीरमा जम्मा भएर बस्छ ।

शरीरमा चाहिने भन्दा बढी भिटामिन डी भएपनि नसा र मांसपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने, बेचैनी बढ्ने, कोमल तन्तुहरूमा क्याल्सियम जम्मा हुने, मिर्गौलामा पत्थरी बन्ने, मिर्गौला फेल हुने र हड्डी तथा कलेजो असाधारण रूपले बढ्ने जस्ता समस्या देखा पर्दछ । त्यसैले भिटामिन डी सप्लिमेन्ट लिनुअघि कमी छ कि छैन भनेर जाँच गरेर मात्र लिनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
Published Date: 16 May 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने