“भिटामिन डी” को अनावश्यक रुपमा सप्लिमेन्ट खानु हानिकारक

“भिटामिन डी” को अनावश्यक रुपमा सप्लिमेन्ट खानु हानिकारक : Icon Khabar

काठमाडौँ, जेठ ३ । सामान्यतया कुनै पनि भिटामिन सप्लिमेन्ट यत्तिकै खाने सल्लाह दिइँदैन । खानपानबाट नै त्यसको आवश्यकता पूरा गर्ने सल्लाह दिइन्छ । तर कुनै पनि भिटामिन एकदमै कमी छ, कुनै रोगको कारण खानपानबाट भिटामिन पाउन गाह्रो हुन्छ भने मात्र भिटामिनको सप्लिमेन्ट खानुपर्छ । भिटामिन डी पनि प्राकृतिक रुपमा प्राप्त भएन एकदमै कमी भयो भने मात्र खानुपर्छ ।

अन्य भिटामिन शरीरमा बढी भयो भने पिसाब मार्फत बाहिर निस्कन्छ । तर भिटामिन डीको कमी छैन र सप्लिमेन्ट खाएर शरीरमा भिटामिन डी बढी भयो भने विषाक्त भएर शरीरमा जम्मा भएर बस्छ ।

शरीरमा चाहिने भन्दा बढी भिटामिन डी भएपनि नसा र मांसपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने, बेचैनी बढ्ने, कोमल तन्तुहरूमा क्याल्सियम जम्मा हुने, मिर्गौलामा पत्थरी बन्ने, मिर्गौला फेल हुने र हड्डी तथा कलेजो असाधारण रूपले बढ्ने जस्ता समस्या देखा पर्दछ । त्यसैले भिटामिन डी सप्लिमेन्ट लिनुअघि कमी छ कि छैन भनेर जाँच गरेर मात्र लिनु राम्रो हुन्छ ।

Published Date: 16 May 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग