गजमेरद्वारा निर्देशित लघुचलचित्र ‘बत्तीको पुतली’ पुने सर्ट फिल्म फेस्टिबलमा

गजमेरद्वारा निर्देशित लघुचलचित्र ‘बत्तीको पुतली’ पुने सर्ट फिल्म फेस्टिबलमा : Icon Khabar

काठमाडौं, जेठ १ । नेपाली लघु चलचित्र ‘बत्तीको पुतली’ (फलाइस एराउण्ड फायर) भारतको पुनेमा आयोजना हुने १४ औं सर्ट फिल्म फेस्टिबलमा छनोट भएको छ ।

लघु चलचित्र ‘बत्तीको पुतली’ सुमन गजमेरले निर्देशन गरेका हुन् । पुनेमा हुनेमा १४ औं सर्ट फिल्म फेस्टिबल यही जेठको २१ गतेबाट सुरु हुनेछ ।

गजमेरद्वारा निर्देशित लघु चलचित्र फेस्टिबल अन्तर्गतको उत्कृष्ट विद्यार्थी फिल्म, उत्कृष्ट पहिलो निर्देशक र उत्कृष्ट प्रयोगात्मक फिल्म गरी ३ वटा विधामा छनोट भएको हो ।

मोनिका थापा र विशाल शर्मा लघु चलचित्रको मुख्य भूमिकामा छन् । युवाहरुको मनोविज्ञानमा आधारित २० मिनेट लामो सो लघु चलचित्र गजमेर आफैले लेखेका हुन् ।

सो लघु चलचिको ध्वनी सम्पादन क्यानडाका क्रिरिक एस्ले स्मिथले गरेका हुन् । करीब २५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको सो लघु चलचित्र काठमाडौंका विभिन्न् स्थानमा छायाङ्न गरिएको हो । पुने लघु चलचित्र फेस्टिबलमा भारतका प्रख्यात चलचित्रकर्मीहरुको उपस्थित हुने गर्छ ।

सो लघु चलचित्र मार्फत युवाहरुको मानसिक अवस्थाको चित्रण गर्ने प्रयास गरिएको निर्देशक गजमेरले बताए । उनले भने, ‘पछिल्लो समय युवाहरु रंगीन दुनियाँको खोजीमा आफ्नो यथार्थ भूल्ने गरेको विषयवस्तुलाई चलचित्र मार्फत देखाउन खोजेको हो ।’ निर्देशक गजमेरले यसअघि नेपाली चलचित्रहरु महापुरुष, बाबरी र कठपुतली लगायतमा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् ।

निर्देशक गजमेरको लघु चलचित्र ‘बत्तीको पुतली’ यसअघि बेलायतको लिफ्ट अफ ग्लोबल नेटर्वक फिल्म फेस्टिबलमा पनि छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ