गजमेरद्वारा निर्देशित लघुचलचित्र ‘बत्तीको पुतली’ पुने सर्ट फिल्म फेस्टिबलमा

गजमेरद्वारा निर्देशित लघुचलचित्र ‘बत्तीको पुतली’ पुने सर्ट फिल्म फेस्टिबलमा : Icon Khabar

काठमाडौं, जेठ १ । नेपाली लघु चलचित्र ‘बत्तीको पुतली’ (फलाइस एराउण्ड फायर) भारतको पुनेमा आयोजना हुने १४ औं सर्ट फिल्म फेस्टिबलमा छनोट भएको छ ।

लघु चलचित्र ‘बत्तीको पुतली’ सुमन गजमेरले निर्देशन गरेका हुन् । पुनेमा हुनेमा १४ औं सर्ट फिल्म फेस्टिबल यही जेठको २१ गतेबाट सुरु हुनेछ ।

गजमेरद्वारा निर्देशित लघु चलचित्र फेस्टिबल अन्तर्गतको उत्कृष्ट विद्यार्थी फिल्म, उत्कृष्ट पहिलो निर्देशक र उत्कृष्ट प्रयोगात्मक फिल्म गरी ३ वटा विधामा छनोट भएको हो ।

मोनिका थापा र विशाल शर्मा लघु चलचित्रको मुख्य भूमिकामा छन् । युवाहरुको मनोविज्ञानमा आधारित २० मिनेट लामो सो लघु चलचित्र गजमेर आफैले लेखेका हुन् ।

सो लघु चलचिको ध्वनी सम्पादन क्यानडाका क्रिरिक एस्ले स्मिथले गरेका हुन् । करीब २५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको सो लघु चलचित्र काठमाडौंका विभिन्न् स्थानमा छायाङ्न गरिएको हो । पुने लघु चलचित्र फेस्टिबलमा भारतका प्रख्यात चलचित्रकर्मीहरुको उपस्थित हुने गर्छ ।

सो लघु चलचित्र मार्फत युवाहरुको मानसिक अवस्थाको चित्रण गर्ने प्रयास गरिएको निर्देशक गजमेरले बताए । उनले भने, ‘पछिल्लो समय युवाहरु रंगीन दुनियाँको खोजीमा आफ्नो यथार्थ भूल्ने गरेको विषयवस्तुलाई चलचित्र मार्फत देखाउन खोजेको हो ।’ निर्देशक गजमेरले यसअघि नेपाली चलचित्रहरु महापुरुष, बाबरी र कठपुतली लगायतमा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् ।

निर्देशक गजमेरको लघु चलचित्र ‘बत्तीको पुतली’ यसअघि बेलायतको लिफ्ट अफ ग्लोबल नेटर्वक फिल्म फेस्टिबलमा पनि छनोट भएको थियो ।

Published Date: 14 May 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु