आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २ । आज २०८१ जेठ २ गते बुधबार, तद्अनुसार १५ मे २०२४ । आज वैशाख शुक्ल अष्टमी, वृद्धि विष्टि/भद्रा अश्लेषा, अन्तर्राष्ट्रिय परिवार दिवस, सूर्योदय बिहानः ०५ः१४ बजे, सूर्यास्त साँझ: १८ः४५ बजे ।

आजको राशिफल

मेष: आत्मविश्वासमा वृद्धि हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

वृष: परिवार तथा साथीहरुसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ । शारीरिक कष्ट सम्भव छ, सावधान रहनु होला । लगानी शुभ रहने छ ।

मिथुन: आज दौडधूप हुनेछ । व्यापारमा बढी ध्यान दिनु पर्नेछ । कुनै महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला ।

कर्कट: जीवनसाथीप्रति बढी आभार हुनु हुनेछ । लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता तथा सन्तुष्टि रहने छ ।

सिंह: आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्राप्तिको योग छ । पदोन्नतिको अवसर प्राप्त हुनेछ ।

कन्या: नयाँ योजना बन्ने छ । मानिसहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

तुला: प्रेम–प्रसंगमा हतार नगर्नु होला । प्रतिद्वन्दितामा वृद्धि हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

वृश्चिक: या‍त्रा लाभदायक रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । लामो समयदेखि रोकिएको पैसा पाइने योग छ, प्रयास गर्नु होला ।

धनु: नयाँ कुरामा खर्च हुनेछ । अचानक लाभको योग छ । व्यावसायिक यात्रा सफल रहने छ ।

मकर: लगानी गर्ने सही समय होइन । परिवारको आवश्यकताहरुका लागि दौडधूप तथा खर्च बढी हुनेछ । अरुको झगडामा नपर्नु होला ।

कुम्भ: सुखका साधनहरुमा सोच–विचार गरेर खर्च गर्नु होला । लगानी गर्नबाट बच्नु होला । परिवारमा मनमुटाव हुनसक्छ ।

मीन: थोरै प्रयासबाटै काम सफल हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

Published Date: 15 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय