आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ३१ । आज २०८१ वैशाख ३१ गते सोमबार, तद्अनुसार १३ मे २०२४ । आज वैशाख शुक्ल षष्ठी, शूल कौलव पुनर्वसु, सूर्योदयः बिहान ०५ः१५ बजे, सूर्यास्त साँझ १८ः४४ बजे ।

आजको राशिफल
मेष: भाग्यको साथ पाइने छ । प्रसन्नता रहने छ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

वृष: शेयर मार्केटमा सोच–विचार गरेर हात हाल्नु होला । समय अनुकूल छ । यात्रा मनोरञ्जक रहने छ ।

मिथुन: व्यर्थको दौडधूप हुनेछ । विवादबाट क्लेश हुनेछ । काममा मन लाग्ने छैन ।

कर्कट : बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्ट सम्भव छ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ ।

सिंह : टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा प्रतिष्ठित अतिथिहरुको आगमन हुनसक्छ ।

कन्या: व्यावसायिक यात्राबाट लाभ हुनेछ । अप्रत्याशित लाभ हुनसक्छ । लगानी शुभ रहने छ ।

तुला: व्यापार–व्यवसाय औषत चल्ने छ । ऐश्वर्यका साधनमा खर्च हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । शुभ समाचार प्राप्त हुनसक्छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

धनु: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । नयाँ योजना बन्ने छ । आम्दानीमा वृद्धि हुनेछ ।

मकर: धार्मिक कार्यक्रम आयोजन हुनसक्छ । पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: शारीरिक शिथिलता रहने छ । काममा मन लाग्ने छैन । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

मीन: कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । व्यावसायिक लाभमा वृद्धि हुनेछ । धनार्जन हुनेछ ।

Published Date: 13 May 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु