आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ३० । आज २०८१ वैशाख ३० गते आइतबार, तद्अनुसार १२ मे २०२४ । आज वैशाख शुक्ल पञ्चमी, धृति बव आर्द्रा, आद्यगुरु शंकराचार्य जयन्ती, रामानुजाचार्य जयन्ती, अन्तर्राष्ट्रिय नर्स दिवस, आज धृतिमान योग छ । ज्योतिष शास्त्रमा यो योगलाई निकै शुभ फलदायी मानिन्छ । आजको दिनले वृष, सिंह, मकर तथा कुम्भ राशिका व्यक्तिका लागि सकारात्मक परिणाम दिनेछ, सूर्योदयः बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ १८ः४४ बजे ।

आजको राशिफल

मेष: प्रसन्नता तथा सन्तुष्टि रहने छ । यात्रा मनोरञ्जक हुनसक्छ । व्यापार–व्यवसायमा नयाँ प्रयोग गरिन सक्छ । समयको अनुकूलताको लाभ लिनु होला । धन प्राप्ति सुगम हुनेछ ।

वृष: समय चाँडै सुधारिने छ । विवादलाई नबढाउनु होला । स्वास्थ्य कमजोर रहने छ । लेन–देनमा हतार नगर्नु होला । लगानी शुभ रहने छ ।

मिथुन: यात्रा सफल रहने छ । शत्रु सक्रिय रहने छन् । चिन्ता तथा तनाव रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कर्कट: पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । व्यवसायमा अनुकूलता रहने छ । आत्मसम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । प्रसन्नता कायम रहने छ ।

सिंह: नवीन वस्त्राभूषण प्राप्त हुनसक्छ । यात्रा लाभदायक रहने छ । शेयर मार्केटबाट लाभ मिल्ने छ । प्रसन्नताको वातावरण रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कन्या: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । व्यापार–व्यवसाय सामान्य चल्ने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला । स्वास्थ्य कमजोर रहने छ । कुनै पनि महत्वपूर्ण निर्णय लिन नहतारिन होला ।

तुला: नयाँ अनुबन्ध हुनेछ । डूबेको रकम प्राप्त हुनसक्छ । व्यवसायमा वृद्धि हुनेछ । समयको अनुकूलता रहने छ, लाभ लिनु होला । यात्रा मनोनुकूल रहने छ ।

वृश्चिक: तत्काल लाभ पाइने छैन । लगानी गर्न नहतारिनु होला । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । रोकिएको कार्यमा गति आउने छ ।
योजना फलीभूत हुनेछ ।

धनु: व्यवसायमा वृद्धि हुनेछ । वरपरको वातावरण सुखद रहने छ । पार्टनन तथा दाजुभाइको सहयोग प्राप्त हुनेछ । विवादलाई महत्व नदिनु होला । सत्सङको लाभ प्राप्त हुनेछ ।

मकर: जोखिमपूर्ण नगर्नु होला । व्यापार–व्यवसायको गति सुस्त रहने छ । स्वास्थ्य कमजोर रहने छ । क्रोध अथवा उत्तेजनामा नियन्त्रण राख्नु होला । लेन–देनमा हतार नगर्दा राम्रो हुनेछ ।

कुम्भ: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । व्यवसाय लाभदायक रहने छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

मीन: आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । भाग्यको साथ पाइने छ । चौतर्फी सफलता प्राप्त हुनेछ । प्रसन्नता रहने छ । उत्साह कायम रहने छ ।

Published Date: 12 May 2024






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता