आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ३० । आज २०८१ वैशाख ३० गते आइतबार, तद्अनुसार १२ मे २०२४ । आज वैशाख शुक्ल पञ्चमी, धृति बव आर्द्रा, आद्यगुरु शंकराचार्य जयन्ती, रामानुजाचार्य जयन्ती, अन्तर्राष्ट्रिय नर्स दिवस, आज धृतिमान योग छ । ज्योतिष शास्त्रमा यो योगलाई निकै शुभ फलदायी मानिन्छ । आजको दिनले वृष, सिंह, मकर तथा कुम्भ राशिका व्यक्तिका लागि सकारात्मक परिणाम दिनेछ, सूर्योदयः बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ १८ः४४ बजे ।

आजको राशिफल

मेष: प्रसन्नता तथा सन्तुष्टि रहने छ । यात्रा मनोरञ्जक हुनसक्छ । व्यापार–व्यवसायमा नयाँ प्रयोग गरिन सक्छ । समयको अनुकूलताको लाभ लिनु होला । धन प्राप्ति सुगम हुनेछ ।

वृष: समय चाँडै सुधारिने छ । विवादलाई नबढाउनु होला । स्वास्थ्य कमजोर रहने छ । लेन–देनमा हतार नगर्नु होला । लगानी शुभ रहने छ ।

मिथुन: यात्रा सफल रहने छ । शत्रु सक्रिय रहने छन् । चिन्ता तथा तनाव रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कर्कट: पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । व्यवसायमा अनुकूलता रहने छ । आत्मसम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । प्रसन्नता कायम रहने छ ।

सिंह: नवीन वस्त्राभूषण प्राप्त हुनसक्छ । यात्रा लाभदायक रहने छ । शेयर मार्केटबाट लाभ मिल्ने छ । प्रसन्नताको वातावरण रहने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कन्या: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । व्यापार–व्यवसाय सामान्य चल्ने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला । स्वास्थ्य कमजोर रहने छ । कुनै पनि महत्वपूर्ण निर्णय लिन नहतारिन होला ।

तुला: नयाँ अनुबन्ध हुनेछ । डूबेको रकम प्राप्त हुनसक्छ । व्यवसायमा वृद्धि हुनेछ । समयको अनुकूलता रहने छ, लाभ लिनु होला । यात्रा मनोनुकूल रहने छ ।

वृश्चिक: तत्काल लाभ पाइने छैन । लगानी गर्न नहतारिनु होला । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । रोकिएको कार्यमा गति आउने छ ।
योजना फलीभूत हुनेछ ।

धनु: व्यवसायमा वृद्धि हुनेछ । वरपरको वातावरण सुखद रहने छ । पार्टनन तथा दाजुभाइको सहयोग प्राप्त हुनेछ । विवादलाई महत्व नदिनु होला । सत्सङको लाभ प्राप्त हुनेछ ।

मकर: जोखिमपूर्ण नगर्नु होला । व्यापार–व्यवसायको गति सुस्त रहने छ । स्वास्थ्य कमजोर रहने छ । क्रोध अथवा उत्तेजनामा नियन्त्रण राख्नु होला । लेन–देनमा हतार नगर्दा राम्रो हुनेछ ।

कुम्भ: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । व्यवसाय लाभदायक रहने छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

मीन: आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । भाग्यको साथ पाइने छ । चौतर्फी सफलता प्राप्त हुनेछ । प्रसन्नता रहने छ । उत्साह कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2024
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो