अन्तर्राष्ट्रिय मुद्राकोषले बंगलादेशलाई करिब १ अर्ब २० करोड डलर प्रदान गर्ने

अन्तर्राष्ट्रिय मुद्राकोषले बंगलादेशलाई करिब १ अर्ब २० करोड डलर प्रदान गर्ने : Icon Khabar

काठमाडौँ, वैशाख २७ । बंगलादेशले घट्दो विदेशी विनिमय सञ्चितिको सामना गरिरहेको बेला वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले आफ्ना कर्मचारी र बंगलादेश करिब १ अर्ब २० करोड डलरको वित्तीय अनलक गर्ने सम्झौतामा पुगेको बताएको छ ।

राजधानी ढाकामा दुई साताको वार्तापछि बोर्डको स्वीकृतिको अधीनमा जारी तीनवटा कार्यक्रमको पछिल्लो हिस्सा भुक्तानी गर्नका लागि कर्मचारीस्तरीय सम्झौता’ भएको आइएमएफले बताएको छ ।

विज्ञप्तिमा यसले अर्थतन्त्रमा दबाब बढाएको र बृहत् आर्थिक चुनौतीहरुको जटिलता बढाएको उल्लेख छ । आइएमएफले बङ्गलादेशको अर्थतन्त्र सन् २०२४ को आर्थिक वर्षमा मुद्रास्फीति–समायोजित पाँच दशमलव चार प्रतिशतको दरले बढ्ने अपेक्षा गरेको छ । यो अघिल्लो आर्थिक वर्षमा ६ प्रतिशत थियो ।

आइएमएफले लगातार कडा नीतिको मिश्रण र विश्वव्यापी खाद्यान्न तथा वस्तुको कम मूल्यको अनुमानका कारण यस वर्ष मुद्रास्फीति करिब नौ दशमलव चार प्रतिशत हुने र आगामी वर्ष घटेर सात दशमलव दुई प्रतिशत हुने अनुमान गरेको छ ।

,

Published Date: 09 May 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड