अन्तर्राष्ट्रिय मुद्राकोषले बंगलादेशलाई करिब १ अर्ब २० करोड डलर प्रदान गर्ने

अन्तर्राष्ट्रिय मुद्राकोषले बंगलादेशलाई करिब १ अर्ब २० करोड डलर प्रदान गर्ने : Icon Khabar

काठमाडौँ, वैशाख २७ । बंगलादेशले घट्दो विदेशी विनिमय सञ्चितिको सामना गरिरहेको बेला वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले आफ्ना कर्मचारी र बंगलादेश करिब १ अर्ब २० करोड डलरको वित्तीय अनलक गर्ने सम्झौतामा पुगेको बताएको छ ।

राजधानी ढाकामा दुई साताको वार्तापछि बोर्डको स्वीकृतिको अधीनमा जारी तीनवटा कार्यक्रमको पछिल्लो हिस्सा भुक्तानी गर्नका लागि कर्मचारीस्तरीय सम्झौता’ भएको आइएमएफले बताएको छ ।

विज्ञप्तिमा यसले अर्थतन्त्रमा दबाब बढाएको र बृहत् आर्थिक चुनौतीहरुको जटिलता बढाएको उल्लेख छ । आइएमएफले बङ्गलादेशको अर्थतन्त्र सन् २०२४ को आर्थिक वर्षमा मुद्रास्फीति–समायोजित पाँच दशमलव चार प्रतिशतको दरले बढ्ने अपेक्षा गरेको छ । यो अघिल्लो आर्थिक वर्षमा ६ प्रतिशत थियो ।

आइएमएफले लगातार कडा नीतिको मिश्रण र विश्वव्यापी खाद्यान्न तथा वस्तुको कम मूल्यको अनुमानका कारण यस वर्ष मुद्रास्फीति करिब नौ दशमलव चार प्रतिशत हुने र आगामी वर्ष घटेर सात दशमलव दुई प्रतिशत हुने अनुमान गरेको छ ।

,

Published Date: 09 May 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना
आज सोमबारको राशिफल
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी