आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, वैशाख २६ । आज २०८१ वैशाख २६ गते बुधबार, तद्अनुसार ८ मे २०२४ । आज वैशाख कृष्ण औँशी, सौभाग्य नाग भरणी, आज मातातीर्थ औँशी, आमाको मुख हेर्ने दिन, विश्व रेडक्रस दिवस, कानुन दिवस, सूर्योदय बिहानः ०५ः३० बजे, सूर्यास्त साँझ १८ः२४ बजे ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । सामाजिक कार्य गर्ने रुचि रहने छ । मान–सम्मान प्राप्त हुनेछ ।

वृष: टाढाबाट सुखद सूचना प्राप्त हुन सक्छ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

मिथुन: नवीन वस्त्राभूषण प्राप्तिमा खर्च हुनेछ । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नताको वातावरण रहने छ ।

कर्कट: पारिवारिक चिन्ता हुनेछ । लेन–देनमा हतार नगर्नु होला । बुद्धिको प्रयोगले लाभमा वृद्धि हुनेछ ।

सिंह: परिवार तथा साथीहरुसंग कुनै मनोरञ्जक यात्राको आयोजन हुनसक्छ । रोकिएको पैसा पाइने योग छ । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ ।

कन्या: कार्यस्थलमा परिवर्तन सम्भव छ । योजना फलीभूत हुनेछ । उत्साह तथा प्रसन्नता रहने छ ।

तुला: कुनै धार्मिकस्थलको यात्रा हुनसक्छ । सत्सङको लाभ मिल्ने छ । पारिवारिक सहयोग पाइने छ ।

वृश्चिक: व्यर्थको विवादबाट बच्नु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । मानिसहरुबाट धेरै अपेक्षा नगर्नु होला ।

धनु: हतारमा काम बिग्रेर समस्या बढ्न सक्छ । विरोध हुनेछ । बाहर जाने योजना बन्ने छ ।

मकर: ठूलो सम्झौताले ठूलै लाभ दिने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

कुम्भ: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जनहरुको आनन्द प्राप्त हुनेछ । परिवारमा प्रसन्नता रहने छ ।

मीन: अरुबाट धेरै अपेक्षा नगर्नु होला । साथीहरुसंग समय राम्रोसंग व्यतीत हुनेछ । जागिरमा कार्यभार रहने छ ।

Published Date: 08 May 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा