हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ : Icon Khabar

पर्सा, वैशाख २५ । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले नगद १३ लाख १५ हजार रुपैयाँसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजेतिर वीरगञ्ज–१४ गण्डकचोकबाट पटेललाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा पटेलले पिठ्युमा बोकेको झोलाभित्र लुकाई ल्याएको स्रोत नखुलेको १ हजार दरको ८ सय ८९ थान र ५ सय दरको ८ सय ५० थान, १ सय दरको १० थान गरी कूल १३ लाख १५ हजार रुपैयाँ बरामद भएको छ ।

उनको झोलाबाट विभिन्न बैंकको खाली चेकहरु ७ थान समेत बरामद भएको छ । पटेललाई नियन्त्रणमा लिई उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू