आइपीएल: कोलकाता शीर्ष स्थानमा

आइपीएल: कोलकाता शीर्ष स्थानमा : Icon Khabar

काठमाडौं, वैशाख २४ । श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर) ले सनसनी मच्चाएको छ । यो टीमले इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को प्लेअफमा आफ्नो स्थान करिव सुरक्षित गरेको छ । टीमले यो उपलब्धि आइतवार राति लखनऊ सुपर जाइन्ट्सलाई ९८ रनले पराजित गर्दै हासिल गरेको हो ।

केकेआरले ११ मध्ये ८ खेलमा जीत हासिल गरेको छ । योसंगै केकेआर अंकतालिाकामा राजस्थान रोयल्सलाई पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । अर्कोतिर लखनऊको टीमले अहिलेसम्म ११ मध्ये ६ खेलमा जित हासिल गर्दै अंकतालिकाको पाँचौं स्थानमा झरेको छ ।

केकेआर र लखनऊबीचको यो खेल लखनऊको इकाना स्टेडियममा खेलिएको थियो, जसमा टस हारेर पहिला ब्याटिङ गर्दै केकेआरले २३६ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । जवाफमा लखनऊको टीम १६.१ ओभरमा १३७ रनमै समेटियो ।

लखनऊ टीमका लागि मार्कस स्टोइनिसले सबैभन्दा बढी ३६ रन तथा कप्तान केएल राहुलले २५ रन बनाए । उनीहरुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले २० रनको आँकडा छुन सकेनन् । केकेआरका लागि हर्षित राणा तथा वरुण चक्रवर्तीले समान तीन विकेट लिए भने आन्द्रे रसेलले दुई विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताको टीमले ६ विकेटमा २३५ रन बनायो । ओपनर सुनील नरेनले २७ बलमै अर्धशतक बनाए । उनले फिल साल्टसंग मिलेर दोस्रो विकेटका लागि ४६ बलमा ७९ रनको साझेदारी गरे । सुनीलले ३९ बलमा ८१ रन बनाउँदै आउट भए । उनले आफ्नो इनिङमा ७ छक्का तथा छ चौका प्रहार गरे ।

साल्टले १४ बलमा ३२ रन जोडे भने अंगकृष रघुवंशीले पनि ३२ रन बनाए । खेलको अन्त्यमा कप्तान श्रेयस अय्यरले १५ बलमा २३ रन तथा रमनदीप सिंहले छ बलमा २५ रन जोडे । लखनऊका लागि नवीन उल हकले तीन विकेट लिए । रवि बिश्नोइ, यश ठाकुर तथा युद्धवीर सिंहले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता