आइपीएल: कोलकाता शीर्ष स्थानमा

आइपीएल: कोलकाता शीर्ष स्थानमा : Icon Khabar

काठमाडौं, वैशाख २४ । श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर) ले सनसनी मच्चाएको छ । यो टीमले इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को प्लेअफमा आफ्नो स्थान करिव सुरक्षित गरेको छ । टीमले यो उपलब्धि आइतवार राति लखनऊ सुपर जाइन्ट्सलाई ९८ रनले पराजित गर्दै हासिल गरेको हो ।

केकेआरले ११ मध्ये ८ खेलमा जीत हासिल गरेको छ । योसंगै केकेआर अंकतालिाकामा राजस्थान रोयल्सलाई पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । अर्कोतिर लखनऊको टीमले अहिलेसम्म ११ मध्ये ६ खेलमा जित हासिल गर्दै अंकतालिकाको पाँचौं स्थानमा झरेको छ ।

केकेआर र लखनऊबीचको यो खेल लखनऊको इकाना स्टेडियममा खेलिएको थियो, जसमा टस हारेर पहिला ब्याटिङ गर्दै केकेआरले २३६ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । जवाफमा लखनऊको टीम १६.१ ओभरमा १३७ रनमै समेटियो ।

लखनऊ टीमका लागि मार्कस स्टोइनिसले सबैभन्दा बढी ३६ रन तथा कप्तान केएल राहुलले २५ रन बनाए । उनीहरुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले २० रनको आँकडा छुन सकेनन् । केकेआरका लागि हर्षित राणा तथा वरुण चक्रवर्तीले समान तीन विकेट लिए भने आन्द्रे रसेलले दुई विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताको टीमले ६ विकेटमा २३५ रन बनायो । ओपनर सुनील नरेनले २७ बलमै अर्धशतक बनाए । उनले फिल साल्टसंग मिलेर दोस्रो विकेटका लागि ४६ बलमा ७९ रनको साझेदारी गरे । सुनीलले ३९ बलमा ८१ रन बनाउँदै आउट भए । उनले आफ्नो इनिङमा ७ छक्का तथा छ चौका प्रहार गरे ।

साल्टले १४ बलमा ३२ रन जोडे भने अंगकृष रघुवंशीले पनि ३२ रन बनाए । खेलको अन्त्यमा कप्तान श्रेयस अय्यरले १५ बलमा २३ रन तथा रमनदीप सिंहले छ बलमा २५ रन जोडे । लखनऊका लागि नवीन उल हकले तीन विकेट लिए । रवि बिश्नोइ, यश ठाकुर तथा युद्धवीर सिंहले समान एक विकेट लिए ।

Published Date: 06 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास