पञ्जाबविरुद्ध चेन्नईको‌ शानदार जीत, अंक तालिकामा लामो छलाङ

पञ्जाबविरुद्ध चेन्नईको‌ शानदार जीत, अंक तालिकामा लामो छलाङ : Icon Khabar

काठमाडौं, वैशाख २४ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ। चेन्नईले पञ्जाव किंग्सलाई २८ रनले पराजित गर्दै आफूलाई तालिकाको तेस्रो स्थानमा उकालेको छ।

चेन्नईले ११ खेलबाट १२ अंक बनाउँदा पराजित भएको पञ्जाव भने ११ खेलबाट ८ अंकका साथ तालिकाको आठौं स्थानमा छ।

पहिले ब्याटिङ गरेको चेन्नईले रविन्द्र जडेजाको ४३ रनको उत्कृष्ट इनिङ्सका कारण पन्जाबलाई १६८ रनको लक्ष्य दिएको थियो। जवाफमा घरेलु टोली पञ्जावले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्रै जोड्न सक्यो।

Published Date: 06 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास