ब्राजिल बाढी: ५७ जनाको मृत्यु, ३७३ जना बेपत्ता

ब्राजिल बाढी: ५७ जनाको मृत्यु, ३७३ जना बेपत्ता : Icon Khabar

काठमाडौं, वैशाख २३ । ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् ।

हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । बाढीले धेरै स्थानका सडक र पुल बगाएको छ । बस्तीहरु डुबानमा परेका छन् । राज्यका ४९७ सहरहरुमध्ये दुई तिहाई बढी प्रभावित भएका छन् । सीएनएनले २८१ नगर प्रभावित भएको जनाएको छ ।

ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रुप लिएर सडक र बस्ती डुबाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार यसबाट ६७ हजार जनसंख्या प्रभावित भएको छ । १० हजार जना विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने