काठमाडौँ आज पनि विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ आज पनि विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत : Icon Khabar

काठमाडौँ, वैशाख २३ । आइतबार फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ ।

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ९५ पुगेको थियो । शनिबार भने घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ८५ रहेको थियो ।

‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरका रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2024




ताजा
सोल्टी होटल्सले सञ्चालनमा ल्यायो मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट
के दैनिक एलोभेरा जुस पिउनु सुरक्षित छ?
समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न