नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच आज अन्तिम खेल

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच आज अन्तिम खेल : Icon Khabar

काठमाडौं, वैशाख २२ । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । पाँच खेलको टी–२० श्रङ्खला वेष्ट इण्डिज ‘ए’ ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ ।

श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो । गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौंथो खेलमा वेष्ट इण्डिज ‘ए’ सँग २८ रनले पराजित भयो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो । विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै विदाइ गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ । नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।

Published Date: 04 May 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै