आईपीएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सकियो सम्भावना

आईपीएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सकियो सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख १९ । इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो ।

मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाएर भेटायो । अन्तिम तिर लखनऊका लागि केही कठिन देखिएको खेलमा मुम्बईले राम्रो बलिङ प्रदर्शन गरेको थियो । तर अन्त्यमा लखनऊ विजयी भयो ।

लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए । यस्तै कप्तान केएल राहुलले २२ बलमा २८ रन जोडे । दीपक हुड्डाले १८ रन बनाए । निकोलास पुरन १४ रनमा नटआउट रहे ।

मुम्बईका लागि हार्दिक पान्ड्याले २ विकेट , नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड काेट्जीएले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो । मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे । यस्तै टिम डेभिडले १८ बलमा ३६ रन जोडे ।

ओपनर ईशन किसनले ३२ रन बनाए । अन्य ब्याटरले उल्लखनिय प्रदर्शन गर्न सकेनन् । कप्तान हार्दिक पान्ड्या शून्यमा आउट भएका थिए भने रोहित शर्माले ४ रन मात्र बनाए ।

लखनऊका लागि मोहसिन खानले २ विकेट, मार्कस स्टोइनिस, नभिन उल हक, मयंक यादव र रवि विश्ननोइले समान १ विकेट लिए ।

जित पछि लखनऊ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ ।

Published Date: 01 May 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर