आईपीएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सकियो सम्भावना

आईपीएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सकियो सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख १९ । इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो ।

मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाएर भेटायो । अन्तिम तिर लखनऊका लागि केही कठिन देखिएको खेलमा मुम्बईले राम्रो बलिङ प्रदर्शन गरेको थियो । तर अन्त्यमा लखनऊ विजयी भयो ।

लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए । यस्तै कप्तान केएल राहुलले २२ बलमा २८ रन जोडे । दीपक हुड्डाले १८ रन बनाए । निकोलास पुरन १४ रनमा नटआउट रहे ।

मुम्बईका लागि हार्दिक पान्ड्याले २ विकेट , नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड काेट्जीएले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो । मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे । यस्तै टिम डेभिडले १८ बलमा ३६ रन जोडे ।

ओपनर ईशन किसनले ३२ रन बनाए । अन्य ब्याटरले उल्लखनिय प्रदर्शन गर्न सकेनन् । कप्तान हार्दिक पान्ड्या शून्यमा आउट भएका थिए भने रोहित शर्माले ४ रन मात्र बनाए ।

लखनऊका लागि मोहसिन खानले २ विकेट, मार्कस स्टोइनिस, नभिन उल हक, मयंक यादव र रवि विश्ननोइले समान १ विकेट लिए ।

जित पछि लखनऊ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने