नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको तेस्रो खेल आज

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको तेस्रो खेल आज : Icon Khabar

काठमाडौं, वैशाख १९ । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको तेस्रो खेल आज (बुधबार) हुँदैछ । ५ खेलको टी–२० सिरिजको तेस्रो खेल आज त्रिवि क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२ः १५ बजेदेखि सुरु हुनेछ ।

यस सिरिजमा नेपाल र वेस्ट इष्डिज ‘ए’ ले एक–एक खेल जितेका छन् र सिरिज १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेष्ट इण्डिज ’ए’ ले १० रनको जित हासिल गरेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी–२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रुपमा लिएको छ । नेपालले टी– २० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दैछ । आज टी–२० विश्वकपको टिम सार्वजनिक गर्न आईसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेष्ट इण्डिज ए टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । नेपालले सिरिजको चौंथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने