टि-२० विश्वकपका लागि भारतको टोली सार्वजनिक

टि-२० विश्वकपका लागि भारतको टोली सार्वजनिक : Icon Khabar

काठमाडौं, वैशाख १८ । आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ । बीसीसीआईले वेस्ट इन्डिज र अमेरिका जाने चार रिजर्भ खेलाडीसहित १५ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषणा हुनु अघि, विकेटकीपर चयनका लागि दावेदारहरूले सो भूमिकाको लागि प्रतिस्पर्धा गरिरहेका थिए । अन्ततः भारतले ऋषभ पन्त र सञ्जु स्यामसनलाई जिम्मा दिएको छ । सन् २०२२ को डिसेम्बरमा भएको घातक दुर्घटनामा घाइते भएपछि पन्त पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने छन् ।

शिभम दुबेको आईपीएल फर्मका कारण उनी पनि टोलीमा सामेल भएका छन् । हालैमा भएको अफगानिस्तान विरुद्धको सिरिजमा राम्रो प्रदर्शन गरेका उनलाई बाहिर राख्न भारतका लागि गाह्रो पर्ने देखिन्थ्यो ।

भारतले रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव र युजवेन्द्र चहललाई समावेश गर्दै स्पिन-हेवी बलिङ लाइनअप रोजेको छ । यस्तै पेस बलिङको कमान जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज र उपकप्तान हार्दिक पाण्ड्याले सम्हाल्नेछन् ।

यशस्वी जैसवाल, विराट कोहली र सूर्यकुमार यादवले कप्तान रोहितको साथमा शीर्ष क्रमको जिम्मेवारी उठाउने छन् । शुभमन गिल र रिंकु सिंहले सहित तेज बलर खलील अहमद र आवेश खान वैकल्पिक खेलाडीको रुपमा रहेका छन् । २०२१ र २०२२ को संस्करणमा टोलीमा रहेका केएल राहुल भने टोलीमा रहेका छैनन् ।

भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु स्यामसन (विकेटकिपर), शिभम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज

वैकल्पिक: शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 April 2024
Website | + posts