‘हिरामण्डी’ मा मनिषा कोइरालाको पारिश्रमिक रू एक करोड !

‘हिरामण्डी’ मा मनिषा कोइरालाको पारिश्रमिक रू एक करोड ! : Icon Khabar

मुम्बई, वैशाख १४ । अभिनेत्री मनिषा कोइराला अहिले मुम्बईमा छिन् । लामो समयपछि उनलाई अभिनयमा कमब्याक गराउने नयाँ प्रोजेक्ट अर्थात वेब सीरीज ‘हीरामण्डी’ यही मे १ अर्थात वैशाख १९ गते बुधवारदेखि नेटफ्ल्क्सिमार्फत प्रसारणमा हुँदैछ ।

मुम्बईमा आयोजित उक्त सीरीजको प्रीमियर समारोहमा सहभागिता जनाउन मनिषा मुम्बई पुगेकी हुन् । हीरामण्डीमा मुख्य भूमिका अर्थात मल्लिका जानको भूमिका निर्वाह गरेकी अभिनेत्री कोइराला अहिले सामाजिक सञ्जालमार्फत उक्त सीरीजका पोस्टर, तस्विर, गीत आदि प्रचार सामग्रीहरु शेयर गरिरहेकी छिन् ।

यतिमात्र होइन, उनी हीरामण्डीसंग सम्बन्धित सबै प्रमोशनका कार्यक्रममा सक्रियताका साथ सहभागि भैरहेकी छिन् । संजय लीला भन्सालीको पहिलो वेब सीरीज ‘हिरामण्डी’ नेटफ्लिक्सबाट रिलीज हुनका लागि तयार भएको छ । यो सीरीजमा मनिषासंगै पाँच अभिनेत्रीहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

यतिबेला फिल्मी बजारमा उक्त सीरीजमा अभिनय गर्ने अभिनेत्रीहरुले कति पारिश्रमिक लिए होला ? भन्ने कुरा चर्चाको विषय बनेको छ । हुन त यो सीरीजमा अभिनय गर्ने सबै अभिनेत्रीहरुले आफ्नो भूमिका अनुसारको फरक–फरक पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।

‘हिरामण्डी’ मा मल्लिका जानको भूमिका निवार्ह गर्ने मनिषाले यसका लागि एक करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको पनि ती सञ्चार माध्यमहरुको दावी छ ।

त्यस्तै, सीरीजमा फरीदनको चरित्र निर्वाह गर्ने अभिनेत्री सोनाक्षी सिन्हाले सबैभन्दा बढी पारिश्रमिक लिएको बताइन्छ । उनले दुई करोड भारु पारिश्रमिक लीएकी छिन् । त्यस्तै लज्जोको चरित्र निर्वाह गर्ने ऋचा चढ्डाले एक करोड भारु पारिश्रमिक लिएकी छिन् भने बिब्बो जानको भूमिका निर्वाह गर्ने अदिती राव हैदरीले डेढ करोड भारु पारिश्रमिक लिएको बताइन्छ ।

वहीदाको चरित्र निर्वाह गर्ने सन्जिता शेखले ४० लाख भारु पारिश्रमिक पाएकी छिन् भने आलम जेको भूमिका निर्वाह गर्ने शर्मिन सहगल ( भन्सालीकी भान्जी) ले यो सीरीजमा अभिनय गरेर ३५ लाख भारु पारश्रमिक पाएकी छिन् ।

Published Date: 26 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता