‘हिरामण्डी’ मा मनिषा कोइरालाको पारिश्रमिक रू एक करोड !

‘हिरामण्डी’ मा मनिषा कोइरालाको पारिश्रमिक रू एक करोड ! : Icon Khabar

मुम्बई, वैशाख १४ । अभिनेत्री मनिषा कोइराला अहिले मुम्बईमा छिन् । लामो समयपछि उनलाई अभिनयमा कमब्याक गराउने नयाँ प्रोजेक्ट अर्थात वेब सीरीज ‘हीरामण्डी’ यही मे १ अर्थात वैशाख १९ गते बुधवारदेखि नेटफ्ल्क्सिमार्फत प्रसारणमा हुँदैछ ।

मुम्बईमा आयोजित उक्त सीरीजको प्रीमियर समारोहमा सहभागिता जनाउन मनिषा मुम्बई पुगेकी हुन् । हीरामण्डीमा मुख्य भूमिका अर्थात मल्लिका जानको भूमिका निर्वाह गरेकी अभिनेत्री कोइराला अहिले सामाजिक सञ्जालमार्फत उक्त सीरीजका पोस्टर, तस्विर, गीत आदि प्रचार सामग्रीहरु शेयर गरिरहेकी छिन् ।

यतिमात्र होइन, उनी हीरामण्डीसंग सम्बन्धित सबै प्रमोशनका कार्यक्रममा सक्रियताका साथ सहभागि भैरहेकी छिन् । संजय लीला भन्सालीको पहिलो वेब सीरीज ‘हिरामण्डी’ नेटफ्लिक्सबाट रिलीज हुनका लागि तयार भएको छ । यो सीरीजमा मनिषासंगै पाँच अभिनेत्रीहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

यतिबेला फिल्मी बजारमा उक्त सीरीजमा अभिनय गर्ने अभिनेत्रीहरुले कति पारिश्रमिक लिए होला ? भन्ने कुरा चर्चाको विषय बनेको छ । हुन त यो सीरीजमा अभिनय गर्ने सबै अभिनेत्रीहरुले आफ्नो भूमिका अनुसारको फरक–फरक पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।

‘हिरामण्डी’ मा मल्लिका जानको भूमिका निवार्ह गर्ने मनिषाले यसका लागि एक करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको पनि ती सञ्चार माध्यमहरुको दावी छ ।

त्यस्तै, सीरीजमा फरीदनको चरित्र निर्वाह गर्ने अभिनेत्री सोनाक्षी सिन्हाले सबैभन्दा बढी पारिश्रमिक लिएको बताइन्छ । उनले दुई करोड भारु पारिश्रमिक लीएकी छिन् । त्यस्तै लज्जोको चरित्र निर्वाह गर्ने ऋचा चढ्डाले एक करोड भारु पारिश्रमिक लिएकी छिन् भने बिब्बो जानको भूमिका निर्वाह गर्ने अदिती राव हैदरीले डेढ करोड भारु पारिश्रमिक लिएको बताइन्छ ।

वहीदाको चरित्र निर्वाह गर्ने सन्जिता शेखले ४० लाख भारु पारिश्रमिक पाएकी छिन् भने आलम जेको भूमिका निर्वाह गर्ने शर्मिन सहगल ( भन्सालीकी भान्जी) ले यो सीरीजमा अभिनय गरेर ३५ लाख भारु पारश्रमिक पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2024
Website | + posts