लायन्स क्लब अफ भक्तपुर स्वनिग:द्वारा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ भक्तपुर स्वनिग:द्वारा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण : Icon Khabar

भक्तपुर, वैशाख १४ । लायन्स क्लब अफ भक्तपुर स्वनिग:ले आज खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ।

क्लबले आज एक कार्यक्रकाबीच निलकण्ठ नगरपालिका वडा नं ३, धादिङ्गबेसी स्थित आमाको माया छात्रावास र नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा वितरण गरेको हो।

सो कार्यक्रममा आमाको माया छात्रावासमा रहेका अनाथ तथा टुहुरो बालबालिका तथा बौद्धिक अपाङ्गता भएका बालबालिका रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा चामल, चिउरा, दाल, तेल, दालमोठ, चकलेट सँगै कापी वितरण गरिएको थियो।

आगामी दिनमा पनि क्लबले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिदै जाने क्लबका प्रेसिडेन्ट मिलन भोमीले आइकन खबरलाई जानकारी दिए।

Published Date: 26 April 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड