अस्ट्रेलियामा टीआर भिसाको अवधि घटाइयो, विदेशी विद्यार्थीलाई झन् झन् कडाइ

अस्ट्रेलियामा टीआर भिसाको अवधि घटाइयो, विदेशी विद्यार्थीलाई झन् झन् कडाइ : Icon Khabar

काठमाडौं, वैशाख १४ । अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन गरिएको छ ।

यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन दिन पाउनेमा अब यसलाई १५ वर्ष घटाएर ३५ वर्ष पुर्‍याइएको छ । त्यस्तै टीआर भिसाको अवधि पनि घटाइएको छ ।

बिहीबार अस्ट्रेलिया सरकारले गरेको घोषणाअनुसार स्नातकोत्तर पढेको विद्यार्थीले तीन वर्षको टीआर पाइरहेकोमा यसलाई घटाएर दुई वर्ष बनाइएको छ । यो परिवर्तन आगामी जुलाई १ देखि लागू हुनेछ ।

अस्ट्रेलियामा कार्यरत रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ताका अनुसार भोकेसनल वा हाइअर डिग्री पढेर अस्थायी आवासको लागि आवेदन दिन अब ३५ वर्ष कटेको हुनुहुँदैन भने टीआरको अवधि पनि घटाएर कोभिड अघिको जस्तै १८ महिना बनाइएको छ ।

यसका अतिरिक्त अस्थायी आवास अनुमतिका लागि आफूले पढेको विषय वा हासिल गरेको सीप अस्ट्रेलियाको मध्यम र रणनीतिक सीपको सूचीमा सूचीकृत भएकै मध्य हुनुपर्छ ।

त्यस्तै स्नातक पढेको २ वर्ष, सामान्य कोर्षमा स्नातकोत्तरले २ वर्ष र मास्टर्स बाइ रिसर्च गरेकाले ३ वर्षको अस्थायी आवास अनुमति पाउनेछन् । विद्यावारिधि गरेकाहरूले पनि ३ वर्षको मात्र अस्थायी आवास अनुमति पाउनेछन् ।

सरकारले गरेको यी बदलावसँगै यसअघिको दुई वर्ष अस्थायी आवास अवधि बढाउने गरी सरकारले गरेको निर्णय रद्द भएको छ । नयाँ निमय लागू भएसँगै अस्थायी आवास अनुमति अवधिमा कुनै बढोत्तरी हुनेछैन ।

Published Date: 26 April 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय