काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर, वायु गुणस्तर १९४ मापन

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर, वायु गुणस्तर १९४ मापन : Icon Khabar

काठमाडौं, वैशाख १४ । भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो ।

आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

वातावरणविद् भूषण तुलाधर वायु प्रदूषणलाई हेल्चक्य्राइँका रुपमा लिए मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउँछन् । ‘तत्काल असर भनेको घाँटी दुख्ने, आँखा पीरो हुने हो । तर, दीर्घकालीन रुपमा यसले धेरै असर देखाउन सक्छ’, उनी भन्छन् ।

त्यसवाहेक वायु प्रदुषणले जनस्वास्थ्यसँगै हाम्रो समग्र अर्थतन्त्र र जीवनशैलीमै पनि असर गर्ने तुलाधरले बताए । ‘पर्यटनमा आधारित हाम्रो अर्थतन्त्र हो । यस्तो देशमा प्रदूषणले सोझै असर गर्ने पर्यटनलाई नै हो । यसले पनि हाम्रो उत्पादनमा असर गर्न पुग्छ’, उनले भने ।

Published Date: 26 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास