काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर, वायु गुणस्तर १९४ मापन

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर, वायु गुणस्तर १९४ मापन : Icon Khabar

काठमाडौं, वैशाख १४ । भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो ।

आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

वातावरणविद् भूषण तुलाधर वायु प्रदूषणलाई हेल्चक्य्राइँका रुपमा लिए मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउँछन् । ‘तत्काल असर भनेको घाँटी दुख्ने, आँखा पीरो हुने हो । तर, दीर्घकालीन रुपमा यसले धेरै असर देखाउन सक्छ’, उनी भन्छन् ।

त्यसवाहेक वायु प्रदुषणले जनस्वास्थ्यसँगै हाम्रो समग्र अर्थतन्त्र र जीवनशैलीमै पनि असर गर्ने तुलाधरले बताए । ‘पर्यटनमा आधारित हाम्रो अर्थतन्त्र हो । यस्तो देशमा प्रदूषणले सोझै असर गर्ने पर्यटनलाई नै हो । यसले पनि हाम्रो उत्पादनमा असर गर्न पुग्छ’, उनले भने ।

Published Date: 26 April 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड