आईपीएल : हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

आईपीएल : हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित : Icon Khabar

काठमाडौं, वैशाख १४ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको फाफ डुप्लेसिसको कप्तानीमा रहेको आरसीबी २० ओभरमा सात विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा सनराइजर्स हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १७१ रन बनाउन सक्यो ।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादले खराव सुरुआत गरेको थियो । ब्याटिङ ओपन गर्न आएका ट्राभिस हेड एक रन मात्र बनाएर फर्किए । उनलाई पहिलो ओभरको अन्तिम बलमा विल ज्याकले आउट गरेका थिए । त्यसपछि अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । यस खेलमा शाहबाज अहमदले ४० र प्याट कमिन्सले ३१ रन बनाए ।

यी तीन खेलाडीबाहेक बेंग्लुरुका कुनै पनि खेलाडी क्रिजमा लामो समय विकेटमा टिक्न सकेनन् । आरसीबीविरुद्ध मार्करामले सात, नितिश १३, क्लासेनले सात, अब्दुल समदले १०, भुवनेश्वर कुमारले १३ र उनादकटले आठ रन बनाए । आरसीबीका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले दुई–दुई विकेट हात पारे । विल ज्याक र यश दयालले समान १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गर्न आएको आरसीबीले बलियो सुरुवात गरेको थियो । विराट कोहली र फाफ डुप्लेसिसबीच पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो ।

कप्तान १२ बलमा २५ रन बनाएर आउट भए । कोहलीले यो सिजनको चौथो अर्धशतक बनाएका छन् । यसबाहेक रजत पाटीदार पनि चौथो नम्बरमा ब्याटिङ गर्न बलियो फर्ममा देखिएका छन् । उनले १९ बलमा अर्धशतक बनाए । यो सिजन उनको तेस्रो अर्धशतक हो ।

उनले २० बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । विल ज्याकले ६ रन, क्यामरुन ग्रीन ३७, महिपाल लोमरले ७ रन, दिनेश कार्तिक ११ र स्वप्निल सिंहले १२ रन बनाए । हैदराबादका लागि जयदेव उनाडकटले तीन विकेट लिए । यसबाहेक टी नटराजनले दुई विकेट लिए । प्याट कमिन्स र मयंक मार्कण्डेले एक–एक सफलता हात पारे ।

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ । हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक जोडेका कोलकाता नाइट राइजर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छ । राजस्थान रोयल्स १४ अंकसहित शीर्षस्थानमा छ ।

Published Date: 26 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास