आईपीएल : हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

आईपीएल : हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित : Icon Khabar

काठमाडौं, वैशाख १४ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको फाफ डुप्लेसिसको कप्तानीमा रहेको आरसीबी २० ओभरमा सात विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा सनराइजर्स हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १७१ रन बनाउन सक्यो ।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादले खराव सुरुआत गरेको थियो । ब्याटिङ ओपन गर्न आएका ट्राभिस हेड एक रन मात्र बनाएर फर्किए । उनलाई पहिलो ओभरको अन्तिम बलमा विल ज्याकले आउट गरेका थिए । त्यसपछि अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । यस खेलमा शाहबाज अहमदले ४० र प्याट कमिन्सले ३१ रन बनाए ।

यी तीन खेलाडीबाहेक बेंग्लुरुका कुनै पनि खेलाडी क्रिजमा लामो समय विकेटमा टिक्न सकेनन् । आरसीबीविरुद्ध मार्करामले सात, नितिश १३, क्लासेनले सात, अब्दुल समदले १०, भुवनेश्वर कुमारले १३ र उनादकटले आठ रन बनाए । आरसीबीका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले दुई–दुई विकेट हात पारे । विल ज्याक र यश दयालले समान १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गर्न आएको आरसीबीले बलियो सुरुवात गरेको थियो । विराट कोहली र फाफ डुप्लेसिसबीच पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो ।

कप्तान १२ बलमा २५ रन बनाएर आउट भए । कोहलीले यो सिजनको चौथो अर्धशतक बनाएका छन् । यसबाहेक रजत पाटीदार पनि चौथो नम्बरमा ब्याटिङ गर्न बलियो फर्ममा देखिएका छन् । उनले १९ बलमा अर्धशतक बनाए । यो सिजन उनको तेस्रो अर्धशतक हो ।

उनले २० बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । विल ज्याकले ६ रन, क्यामरुन ग्रीन ३७, महिपाल लोमरले ७ रन, दिनेश कार्तिक ११ र स्वप्निल सिंहले १२ रन बनाए । हैदराबादका लागि जयदेव उनाडकटले तीन विकेट लिए । यसबाहेक टी नटराजनले दुई विकेट लिए । प्याट कमिन्स र मयंक मार्कण्डेले एक–एक सफलता हात पारे ।

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ । हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ । समान १० अंक जोडेका कोलकाता नाइट राइजर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छ । राजस्थान रोयल्स १४ अंकसहित शीर्षस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता