भक्तपुरको ओमसाई गाई फर्ममा आगलागी हुँदा १८ लाख वढीको धनमाल नष्ट

भक्तपुरको ओमसाई गाई फर्ममा आगलागी हुँदा १८ लाख वढीको धनमाल नष्ट : Icon Khabar

भक्तपुर, वैशाख १३ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, तर्खगालस्थित ओमसाई गाई फर्ममा आगलागी हुँदा गाईभैँसीसहित गाई फार्म जलेर नष्ट भएको छ।

दधिकोट तर्खालमा बस्ने ईश्वर न्यौपानेले ८ आना जग्गामा जस्ताको १ तल्ले टहरा बनाई संचालन गरेको गाई फर्ममा अचानक बिजुलीको तार सर्ट भई आगलागी हुँंदा १८ लाख भन्दा वढीको धनमाल नष्ट भएको हो ।

खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट प्र.ना.नि. को कमाण्डमा ४ जनाको प्रहरी टोली खटीई गई दमकल र स्थानीयहरुको सहयोगमा दुई घण्टा पछि आगलागी नियन्त्रणमा लिइएको थियो ।

घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आगलागीबाट निम्न धनमालको क्षति भएको जनाइएको छ ।
निम्नः
१. होलीस्टे जातको गाई २ वटा अन्दाजी मुल्य रु. ३,००,०००।– (तिन लाख)
२. जर्सी गाई ६ वटा अं.मु.रु. ८,४०,०००।– (आठ लाख चालिस हजार)
३. कोरेली गाई २ वटा १,४०,०००।– (एक लाख चालिस हजार)
४. टहरा क्षेती अ.मु.रु ७,००,०००।– (सात लाख)
५. भाडा कुडा अं.मु.रु. १०,०००।– (दस हजार)
जम्मा १८,९०,०००।–(अठ्ठार लाख नब्बे हजार) बराबरको क्षति भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
0
Published Date: 25 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने