सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? : Icon Khabar

काठमाडौं, वैशाख १३ । बिहीबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

बुधबार छापावला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला एक हजार ६५५ रुपैयाँमा किनबेच भइराखेको छ । बुधबार चाँदीको मूल्य एक हजार ६७० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 25 April 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर