आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १३ । आज २०८१ वैशाख १३ गते बिहीवार, तद्अनुसार २५ अप्रिल २०२४ । आज वैशाख कृष्ण प्रतिपदा, व्यतिपात कौलव विशाखा, विश्व औलो दिवस, सूर्योदय बिहानः ५:२९ बजे, सूर्यास्त साँझः १८:३४ बजे ।

आजको राशिफल

मेष: विदेश यात्राको योग छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । पठन–पाठनमा रुचि बढ्ने छ ।

वृष: विद्यार्थीहरुका लागि निकै उत्तम समय छ । सन्तानको तर्फबाट शुभ समाचार प्राप्त हुनेछ । वाद–विवादबाट मानसिक कष्ट बढ्ने छ ।

मिथुन: भाग्यले साथ दिने छैन । नयाँ कार्य थालनी गर्न नहतारिनु होला । सबै पक्षको सही मूल्यांकन गरेरमात्र निर्णय लिनु पर्नेछ ।

कर्कट: स्वास्थ्यसंग सम्बन्धित चिन्ताले सताउने छ । सहनशक्ति बढाउनु होला । आत्मविश्वास कायम रहने छ ।

सिंह: भाग्यको साथ रहने छ । व्यापार तथा कार्यक्षेत्रमा आजको दिन लाभप्रद रहने छ । पारिवारिक जिम्मेवारीहरु निर्वाह गर्न सक्नु हुनेछ ।

कन्या: अविवाहितहरुका लागि समय निकै अनुकूल हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्छ । विद्यार्थीहरुका लागि पनि आजको दिन शुभ छ ।

तुला: व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ ।

वृश्चिक: आर्थिक स्थिति सुदृढ हुनेछ । सवारीसाधनको प्रयोग गर्दा सम्हालिनु होला । भाग्यले साथ दिने छ ।

धनु: आज केही सुखद तथा केही दुखद कुराको सामना गर्नु पर्ने हुनसक्छ । रोकिएको कार्यमा प्रगति हुनेछ, त्यसका लागि तपाईंको सक्रियता
महत्वपूर्ण रहने छ ।

मकर: काममा स्पष्ट हुनु हुनेछ । कार्यस्थल तथा घरको काम पनि सहजै सम्पन्न हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कुम्भ: महत्वपूर्ण व्यक्तित्वसंग भेटघाट हुनेछ । मनोबल बढ्ने छ । रोकिएको धन फिर्ता हुनेछ ।

मीन: कार्यस्थलमा सहयोग पाइने छैन । मेहनत बढी गर्नाले सफलता पाइने छ । परिवारमा मतभेद हुनसक्छ ।

Published Date: 25 April 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु