आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १३ । आज २०८१ वैशाख १३ गते बिहीवार, तद्अनुसार २५ अप्रिल २०२४ । आज वैशाख कृष्ण प्रतिपदा, व्यतिपात कौलव विशाखा, विश्व औलो दिवस, सूर्योदय बिहानः ५:२९ बजे, सूर्यास्त साँझः १८:३४ बजे ।

आजको राशिफल

मेष: विदेश यात्राको योग छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । पठन–पाठनमा रुचि बढ्ने छ ।

वृष: विद्यार्थीहरुका लागि निकै उत्तम समय छ । सन्तानको तर्फबाट शुभ समाचार प्राप्त हुनेछ । वाद–विवादबाट मानसिक कष्ट बढ्ने छ ।

मिथुन: भाग्यले साथ दिने छैन । नयाँ कार्य थालनी गर्न नहतारिनु होला । सबै पक्षको सही मूल्यांकन गरेरमात्र निर्णय लिनु पर्नेछ ।

कर्कट: स्वास्थ्यसंग सम्बन्धित चिन्ताले सताउने छ । सहनशक्ति बढाउनु होला । आत्मविश्वास कायम रहने छ ।

सिंह: भाग्यको साथ रहने छ । व्यापार तथा कार्यक्षेत्रमा आजको दिन लाभप्रद रहने छ । पारिवारिक जिम्मेवारीहरु निर्वाह गर्न सक्नु हुनेछ ।

कन्या: अविवाहितहरुका लागि समय निकै अनुकूल हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्छ । विद्यार्थीहरुका लागि पनि आजको दिन शुभ छ ।

तुला: व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ ।

वृश्चिक: आर्थिक स्थिति सुदृढ हुनेछ । सवारीसाधनको प्रयोग गर्दा सम्हालिनु होला । भाग्यले साथ दिने छ ।

धनु: आज केही सुखद तथा केही दुखद कुराको सामना गर्नु पर्ने हुनसक्छ । रोकिएको कार्यमा प्रगति हुनेछ, त्यसका लागि तपाईंको सक्रियता
महत्वपूर्ण रहने छ ।

मकर: काममा स्पष्ट हुनु हुनेछ । कार्यस्थल तथा घरको काम पनि सहजै सम्पन्न हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कुम्भ: महत्वपूर्ण व्यक्तित्वसंग भेटघाट हुनेछ । मनोबल बढ्ने छ । रोकिएको धन फिर्ता हुनेछ ।

मीन: कार्यस्थलमा सहयोग पाइने छैन । मेहनत बढी गर्नाले सफलता पाइने छ । परिवारमा मतभेद हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 April 2024
Website | + posts