देउवाको प्रश्न : मदन भण्डारीलाई किन मारियो खोजी गर्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने ?

देउवाको प्रश्न : मदन भण्डारीलाई किन मारियो खोजी गर्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने ? : Icon Khabar

काठमाडौं, वैशाख १० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको टिप्पणी गरेका छन् । कम्युनिष्ट पार्टीको हीरक जयन्तीको अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर, कांग्रेसलाई गाली गर्नसम्म गर्नु भयो । अब मैले जवाफ दिन परिहाल्यो’, देउवाले भने, ‘मलाई गाली गरेको गर्‍यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन ? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस् । मदन भण्डारीको ड्राइभर पनि मारियो । मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ? कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नु भएन ? दुईपल्ट राष्ट्रपति बन्नु भयो, प्रधानमन्त्री बन्नु भयो पत्ता लगाउनु पर्‍यो तपाईंहरुले ।’

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सवमा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच नोकझोक चलेको हो । भण्डारीले मदन भण्डारीको हत्या घटनाको छानबिनमा कांग्रेसले सहयोग नगरेको आशय व्यक्त गरेकी थिइन् । जवाफमा देउवाले पटक–पटक सत्तामा हुँदा समेत एमालेले भण्डारीको हत्यारा पत्ता नलगाएको र अझ उल्टै कांग्रेसलाई गाली गरेकोमा आपत्ति जनाए ।

Published Date: 22 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास