आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ११ । आज २०८१ वैशाख ११ गते मंगलवार, तद्अनुसार २३ अप्रिल २०२४ । आज चैत शुक्ल पूर्णिमा, वज्र विष्ट भद्रा चित्रा, आज लोकतन्त्र दिवस, पूर्णिमा व्रत, हनुमान जयन्ती, वैशाख स्नान प्रारम्भ, विश्व पुस्तक तथा प्रतिलिपी दिवस, सूर्योदय बिहानः ०५ः३१ बजे, सूर्यास्त साँझः १८ः३३ बजे ।

आजको राशिफल

मेष: पूजा–पाठमा मन लाग्ने छ । जीवनसाथीको सहयोगले उल्झिएको प्रसंग सुल्झने छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला ।

वृष: चोट, चोरी अथवा विवादबाट हानिको सम्भावना छ । जोखिमपूर्ण कार्य नगर्नु होला । आवास सम्बन्धि समस्या समाधान हुनेछ ।

मिथुन: राजकीय वाधा हटेर लाभ हुनेछ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । क्रोधमा नियन्त्रण राख्नु होला ।

कर्कट: भूमि अथवा भवन सम्बन्धि कार्यले लाभ दिने छ । शत्रु भय रहने छ । लाभदायक समाचार पाइने छ ।

सिंह: रचनात्मक कार्य सफल रहने छ । विवाद नगर्नु होला । सामाजिक एवं राजकीय ख्यातिमा अभिवृद्धि हुनेछ ।

कन्या: उत्तेजनामा नियन्त्रण राख्नु होला । थकान महसूस हुनेछ । सन्तानको व्यवहारबाट कष्ट हुनेछ ।

तुला: रोमान्समा समय बित्ने छ । मेहनतको फल पाइने छ । कार्य सिद्धिबाट प्रसन्नता रहने छ ।

वृश्चिक: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । परिवारमा सुखद वातावरण रहने छ।

धनु: बेरोजगारी हट्ने छ । व्यावसायिक यात्रा सफल रहने छ । उपहार प्राप्ती हुनेछ ।

मकर: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । अपरिचितहरुमाथि विश्वास नगर्नु होला । विरोधी परास्त हुनेछन् ।

कुम्भ: दिन प्रेमपूर्ण रुपले बित्ने छ । व्यावसायिक यात्रा सफल रहने छ । रोकिएको धन प्राप्त हुनेछ ।

मीन: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । मान–सम्मान प्राप्त हुनेछ । कर्मप्रति पूर्ण समर्पण तथा उत्साह राख्नु होला ।

Published Date: 23 April 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय