सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ? : Icon Khabar

काठमाडौं, वैशाख ४ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धिसँगै छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५०० रुपैयाँ थियो । यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख ३६ हजार ८०० रुपैयाँ थियो । मंगलबारको मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँ कायम थियो ।

Published Date: 16 April 2024
Website | + posts




















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक