सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ? : Icon Khabar

काठमाडौं, वैशाख ४ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धिसँगै छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५०० रुपैयाँ थियो । यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख ३६ हजार ८०० रुपैयाँ थियो । मंगलबारको मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँ कायम थियो ।

Published Date: 16 April 2024


ताजा
अमेरिकाको भिसा नियम कडा: नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
‘गौँथली’ : चर्चाभन्दा कमजोर कथा र पुरानै शैलीको प्रस्तुति
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न