केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत

केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत : Icon Khabar

नयाँदिल्ली, वैशाख ३ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट पनि तत्कालका लागि राहत पाउन असफल भएका छन् ।

सोमबार सर्वोच्च अदालतले केजरीवाल पक्राउको विषयमा प्रवर्तन निर्देशनालय (ईडी) लाई नोटिस जारी गर्दै २४ अप्रिलसम्म जवाफ दिन निर्देशन दिएको छ । अदालतले अब अप्रिल २९ मा केजरीवाल मुद्दाको सुनुवाइ गर्ने भएको छ ।

केजरीवालका वकिलले अप्रिल १९ मा सुनुवाइका लागि मुद्दाको सूची बनाउन माग गरेका थिए तर सर्वोच्च अदालतले चाँडै सुनुवाइ गर्न अस्वीकार गर्दै मुद्दालाई २९ अप्रिलमा सुनुवाइका लागि सूचीकृत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सर्वोच्चका न्यायाधीश सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तको इजलासले केजरीवालको याचिकामा सुनुवाइ गर्नेछ । केजरीवालले यस अघि आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दिल्ली उच्च न्यायालयमा पुगेका थिए तर उच्च न्यायालयबाट उनले राहत पाएनन्, त्यसपछि केजरीवाल सर्वोच्च अदालत पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 April 2024
Website | + posts
ताजा
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू