नयाँ वर्षकाे पहिलाे काराेवार दिन ह्वात्तै घट्यो सुनको मूल्य

नयाँ वर्षकाे पहिलाे काराेवार दिन ह्वात्तै घट्यो सुनको मूल्य : Icon Khabar

काठमाडौँ, वैशाख २ । २०८१ सालको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ । यसदिन सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला आज एक लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँको उच्चस्तरमा पुगेको थियो । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आईतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ७०० रुपैयाँमा किनबेच हुदैछ । शुक्रबार प्रतितोला एक हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Published Date: 14 April 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै