विपक्षी दलप्रति सभामुखको आक्रोश : संसद भित्र र बाहिर दोहोरो कुरा नहोस्

विपक्षी दलप्रति सभामुखको आक्रोश : संसद भित्र र बाहिर दोहोरो कुरा नहोस् : Icon Khabar

काठमाडौँ, वैशाख २ । सभामुख देवराज घिमिरेले संसदमा जनप्रतिनिधिहरूले राखेका आवाजको सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । जनप्रतिनिधिका आवाज सुनेर सम्बोधन गरिए मुलुकमा सुशासन कायम हुने र जनतामा रहेको असन्तुष्टि निवारणमा मद्दत पुग्ने सभामुखको भनाइ थियो ।

आज पनि विपक्षी दलका सांसदहरू सदन अवरुद्ध गर्न उठेपछि सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । कार्य व्यवस्था परामर्श समितिमा भएको समझदारी पालना नगरिएको भन्दै उनले रोष प्रकट गरे । समिति बैठकमा केही कार्यसूची हटाएर जरुरी विषय मात्र सदनमा प्रवेश गराउने सहमति भएको थियो । सोहीअनुसार बैठक अघि बढाउन खोज्दा कांग्रेस, राप्रपा, लोसपाका सांसद उठेका थिए ।

सभामुखले सहमतिको आधारमा अघि बढ्न आग्रह गर्दै गलत परिपाटी नबसाउन ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको अन्तिम दिन आइतबार बसेको संसद् बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरूले आगामी दिनमा समझदारीपूर्वक कार्य गर्ने आफूले विश्वास लिएको पनि बताएका छन् ।

‘संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोस पनि व्यक्त हुन्छन् । नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वभाविक रूपमा देखिन्छ,’ सभामुख घिमिरेले भने, ‘संसद्मा अभिव्यक्त जनप्रतिनिधिहरूका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्‍याउँछ ।’

संसद्मा उठ्ने विषयको सम्बोधन भए राम्रो हुने सभामुखको भनाइ छ । ‘संसद्मा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुन सक्दछ,’ उनले भने । सभामुख घिमिरेले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशनहरूभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताए ।

उनले पर्याप्त रूपमा कार्य हुन भने नसकेको बताए । आगामी दिनमा राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयले संसद् अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास आफूलाई रहेको सभामुखको भनाइ थियो । संसद् क्रियाशील र प्रबुद्ध भएमा विधि निर्माणको कार्यमा गुणात्मक सफलता मिल्ने सभामुखको भनाइ थियो ।

Published Date: 14 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता